advertiesment

अफगानिस्तानसँग नेपाल ९६ रनले पराजित

nepali_cricket_u-19-59770348463a80.38861481

काठमाडौं: आईसीसी यू १९ विश्वकपमा छनोट खेल अन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँँग पराजित भएको छ।
सिंगापुरमा सम्पन्न खेलमा अफगानिस्तानसंग नेपाल ९६ रनले पराजित भएको हो। सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्ताले नेपाललाई १९६ रनको विजय लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४०.६ ओभरमा ९९ रन जोड्दा अलआउट भयो।

अन्य खेल जस्तै नेपालको ब्याटिङ आज पनि चल्न सकेन । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४८ रन जोड्नुबाहेक अन्य खेलाडीहरुलको प्रदर्शन भने फितलो देखियो। दिपेन्द्रले ८१ बल खेलेर ७ चौकार र १ छक्का प्रहार गरे ।

सुरुवातिका महत्वपूर्ण ब्याट्सम्यानहरु सस्तैमा गुमाउँदा नेपालको ब्याटिङ धरमराएको थियो। १२ ओभरमा २४ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो।

सन्दीप सुनुवार ६ रनमा आउट भए भने आशिफ शेख २ रनमा बनाएर आउट भए प्रनित थापा मगर खाता नै नखोली आउट भए । त्यसैगरी अनिलकुमार शाह ६ रनमा आउट भए। टस जितेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको थियो।

यसअघि बिहीबार अफगानिस्तानसँगको खेलमा नेपाल १४१ रनले पराजित भएको थियो। अगानिस्तानले दिएको १९१ रनको लक्ष पछ्याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाइ ४९ रन मात्रै बनाउन सकेको थियो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one