advertiesment

पाँचथरमा एकै साथ दुई नाटक मञ्चन हुने

jitee

कला साहित्यको उर्वरभुमि पाँचथरमा हाम्रो थिएटर नेपाल, नाट्यकर्मी महासंघ च्यापटर पाँचथर र नौलो साहित्यिक बिहान प्रतिष्ठानको आयोनजामा पाँचथरको जिल्ला समन्वय समितिको हलमा एकैसाथ दुइटा नाटक मञ्चन हुने भएको छ ।

२७ वर्ष सम्म पेटीमा सुतेर फिदिमका मान्छेहरुको घर घरमा चामल , ग्यास, दाउरा आदि पु¥याईदिने जित वहादुर तावाहाङ्ग अर्थात ‘जिते’ अव स्टेजमा समेत देखीने भएका छन् । फिदिमका मान्छेहरुलाई कहिले दुःख नदिने र कसैको वाँकी पनी नखाने जिते संग साथमा फिदिमका सवै मान्छेको चिर परिचित “माईली ” पनी स्टेजमा देखीने भएकी छिन् ।

जितेको जिवनको हरेक संर्घष संग जोडीएको नाटक “जित्या पार्क” यहि श्रावण २७ र २८ गते जिल्ला समन्वय समितीको सभाहलमा मञ्चन हुन लागीरहेको छ । सागर केरुङ्गको लेखन तथा नविन ढुंगेल र राज दिलान्जलीको को निर्देशनमा तयार पारिएको यो नाटक फिदिम मै पहिलो पटक उच्च प्रवधि वाट मञ्चन हुन गईरहेको हो ।

त्यस्तै गरि बरिष्ट लेखक तथा साहित्यकार प्रेम ओझाको लेखन तथा निर्देशनमा राष्टिय नाटक महोत्सबमा मञ्चन गरिएको नाटक ‘उज्यालो पाइला’ पनि उहि २७ र २८ गते नै मञ्चन हुने भएको कुरा उक्त नाटक मञ्चन तयारी समितीका ब्यबस्थापक प्रभु कुरुम्वाङले बताउनु भयो । साथै चार सो को अग्रिम बुक पनि भै सकेको जानकारी दिनुभयो । हाम्रो थिएटरका अध्यक्ष एन.बी.अन्जानले भन्नुभयो मोफसलमा पनि केहि गर्न सकिन्छ भन्ने अठोटका साथ रंगकर्ममा लागिरहेका छौ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one