advertiesment

एपीएफ र पुलिस विजयी

mahila-football-5a5584fa0b9c16.18396605

काठमाडौं : १६औं राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिगमा मंगलबार विभागीय टोलीका दुवै पुलिसले सफलता हात पारेका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ गोलले हरायो। यसअघि समूह चरणको खेलमा पनि एपीएफले आर्मीलाई हराएको थियो। खेलमा सुरुआती अग्रता भने आर्मीले लिएको थियो।

आर्मीका लागि १७औं मिनेटमा कृष्णा खत्रीले गोल गरेकी थिइन्। आर्मीको अग्रतापछि जोसिएको एपीएफ दोस्रो हाफमा खेलमा फर्किएको थियो। एपीएफका लागि अनिता केसीले ५०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। ८२औं मिनेटमा अनिता बस्नेतले अर्को गोल गर्दै एपीएफको जित सुनिश्चित बनाइन्। सुपर लिगमा एपीएफको लगातार दोस्रो जित हो।

दोस्रो जितसँगै एपीएफले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। एपीएफले यसअघि सुपर लिगमा सुदूरपश्चिमाञ्चललाई हराएको थियो। यसैगरी सुपर लिगको मंगलबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चललाई १-० गोलले हरायो। पुलिसको कठिन जितमा रूपा मगरले ३१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। सुपरलिगको अन्तिम खेलमा एपीएफले पुलिससँग खेल्नेछ। आर्मीले सुदूरपश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ।

राखेप च्याम्पियनसिपअन्तर्गत अखिल नेपाल फुटबल संघ (एन्फा) ले सञ्चालन गरेको लिगमा तीन विभागीय टोली र पाँच विकास क्षेत्र गरी आठ टोलीले भाग लिएका थिए। पहिलो चरणबाट चार टोली सुपरर लिगमा पुगेका थिए। लिगको विजेता टोलीले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक एन्फाले जनाएको छ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one