advertiesment

कलियुगका कृष्णको कला

13934854_1397989096884580_5139670504090745751_n

 

 

13895429_1397989113551245_1005584034501836424_n

मानिसले आफ्नो परिचय की त राम्रा कामले बनाउछन की त नराम्राले काम बनाउछन । मानिसमा आफूमा भएको त्यो गुण उसका लागि पर्याप्त हुँदो रहेछ । त्यस्तो गुण भएको मानिस समाजमा चर्चाको शिखरमा हुन्छ । यस्तै आफ्ना समाजसेवी कामले परिचित छन गोरखा जिल्ला नामजुंङ घर भएका कृष्ण लामिछाने । जीवनमा केही गरौं भन्ने भावना भएका कृष्ण बुवा रामप्रसाद र आमा यूमायाका जेठा सन्तानको रुपमा जन्मिएकका हुन् । तीन दाजुभाई र एउटी बहिनीका दाजु कृष्णको बाल्यकाल गाउँमा नै बित्यो ।
प्रारम्भिक शिक्षा घर नजिकैको जनशक्ति माद्यमिक बिद्यालयबाट हासिल गरे । पढाइमा अब्वल कृष्णले सोही विद्यालयबाट प्रवेशिका सम्मको अध्ययन गरे । हुने बिरुवाको चिल्लो पात भनेझैं कृष्णले बिद्यालय तहको अध्ययन सकिएपछि राजधानी छिरेका कृष्णले लैनचौरको सरस्वति बहुमुुखि क्याम्पसबाट व्यवस्थापन संकायमा प्रमाणपत्र सकेर स्नातकका लागि त्रिचन्द्र व्यवस्थापन क्याम्पसमा भर्ना भए । सन १९९१ देखि सन् २००२ सम्म ठमेलमा ट्राभलमा पनि कृष्ण एण्ड ट्रेकिङ्ग व्यवसायको थालनी गरे । नेपाल भ्रमण बर्ष१९९८ मा पनि कृष्णले मूल आयोजक समितिमा बसेर काम गरे । पर्यटन व्यवसाय संचालनकै समयमा अमेरिका र यूरोपका धेरै देश घुमि सकेका छन् । ट्रेकिङ्ग व्यवसायसँग सम्वन्धित नेपाल टे्रकिङ्ग एजेन्सीको निर्ण्र्ाा तहमा रहेर काम गरेपनि उनले यो ब्यवसाय करीव ११ बर्षचलाएर बिश्राम लिए । उनले थालनी गरेको ट्रेकिङ व्यवसाय अहिले पनि संचालनमा रहे पनि उनी भने बिदेशिए ।
र् पर्यटन व्यवसायमा संलग्न भएकै समयमा धेरै देश घुमि सकेका कृष्णले थप व्यवसायको लागि अमेरिकालाई नै ठाने । अन्य देशमा भन्दा सुविधा, बस्न सजिलो भएकोले उनको रोजाई अमेरिका नै भएको हो ।
12036490_10209521545776571_2318984252248867341_nसन् १९९० मा वैवाहिक बन्धनमा बाँधिएका कृष्णले घरको जेठो सन्तान भएकोले पनि जातीय विवाह गरे । माला महतलाई ७ बर्षदेखि चिने पनि घरमा भित्र्याउने साइत भने निकै पछि मात्र जुर्‍यो । बुबा गोरखामा नै जिल्ला स्तरीय राजनीतिमा सक्रिय भएकोले आफूले रोजेको केटीलाई आफ्नो बनाउन कुनै अप्ठेरो परेन । त्यसमा पनि एकजना साथीको सहयोगमा केटीको घरमा समेत सबैको मन जित्न सफल कृष्ण साँच्चिकै कलियूगका कृष्ण नै ठहरिए । विवाह पर्ूव नै केटीको घरमा पनि समिप्यता बनाउन सफल भए । लामो समयसम्म दुवै परिवारको सम्वन्ध कायम भएकोले पनि कृष्णलाई आफ्नो रोजाईलाई घर भित्र्याउन कुनै समस्या भएन ।
दर्ुइ छोरीका पिता कृष्ण आफ्नो परिवार सहित अमेरिका बस्दै आएका छन भने बुवा काममा गाउँमै हुनुहुन्छ । बर्षा सवल र सफल छ । श्रीमान श्रीमतीमा सामान्य असहमति हुन्छ भन्ने कृष्णलाई सहमतिमा लान सम्वाद सल्लाह आवश्यक ठान्दछ । सामान्य विवाद नहुने केही पनि हुँदैन तर त्यसलाई सहज रुपमा लिएमा त्यसले परिवारलाई अझ कसिलो रुपमा गाँस्ने बुझाई उनको छ ।
माओवादी द्वन्दकालमा धेरै दुःख पाएको यो परिवारले अहिले भने केही राहत महसुर गरेको छ । पटक-पटक थातथलो छोडेर हिडेपनि कृष्णका बुवाले सामान गरेर बसे । उनले माओवादीको हारमा थातथलो छोडेर नभाग्ने निर्ण्र्ाााई सही सावित गराएरै छाडे । यो घटनालाई भूल्न नसकेपनि कृष्णको मानसपटलमा टे्रकिङ्गमा गएको बेला एउटा विदेशी पर्यटक सगरमाथा आरोहणका क्रममा हराएकोले जीवनको अविष्मरणीय क्षण ठान्दछन् ।
हाल अमेरिकाको टेक्सास राज्यमा विभिन्न व्यापार व्यावसायमा सलग्न छन् । उनी २०१५ डिसेम्वर देखि नेपालीको छाता संगठन नेपाली समाज टेक्सासको अध्यक्ष समेत भएका हुन । नेपालमा भएका २०४६ साल देखिका राजनीतिकक परिवर्तनमा सक्रिय सहभागी भएका कृष्णले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका विरुद्धमा पनि अमेरिका भएका नेपालीलाई एकत्रित गरेका थिए । वितरण स्थापनाका लागि उनले विविसीसँग आवद्ध भएको नेशनल पव्लिक रेडियोमा पहिलो नेपाली भएर अन्तर्वाता समेत दिएका थिए ।
यतिमात्र होइन उनले समाजका तर्फाट ५ करोड भन्दा वढी सहयोग गरिसकेका छन् । उनकै सक्रियतामा भू-कम्पबाट अति प्रभावित ८ वटा जिल्लाका ११ वटा सामुदायिक बिद्यालय निर्माणमा सहयोग भईरहेको छ । ११ वटा मध्ये केही निर्माण सम्पन्न भईसकेका छन भने केही निर्माणको चरणमा हुन् ।

13307247_1344574758892681_3682474644401481043_nभू-कम्पपछि पटक-पटक नेपाल आएका उनले त्रिशुली नदिमा तर्ुइन तरेर विद्यालय जोन बच्चाका लागि ट्यूव र लाईफ ज्याकेट समेत गरेका थिए । व्रेन ट्युमार भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गर्राई रहेका विरामी देखि चरिकोट पुगेर पनि अस्पतालका विरामीलाई भौतिक तथा आर्थिक उपलब्ध गराएका थिए । नेपाल र नेपाली समस्यामा पर्दा पीडा भएको महसुस गर्ने कृष्णले जाडोको समयमा ५० लाख बराबरको व्लाकेट वाँडि सकेका छन् । उनकै पहल पहिलो पटक अमेरिकामा निधन भएका नेपाली कुशल श्रेष्ठको लास नेपाल पठाउन सफल भएका थिए ।
सम्भवत नेपाल बाहेका विदेशमा आफ्नै स्वामित्वमा जग्गा किनेर मन्दिरमा बनाएको पहिलो भएको दावी गर्ने कृष्ण भन्छन् । हामी जहाँ भएपनि हाम्रो धर्म र संस्कृति मर्दैन । त्यही भएर नेपाली समूदायका लागि मन्दिर बनाएका हौं । समाजका सक्रियतामा केही साता अघि सप्ताह पूराणसम्म लगाएका थियो । विभिन्न समयमा योग गुरुहरु लगेर योग शिविर पनि समाजको पहलमा भईरहेको छ । अहिले समाजले नेपालीका छोराछोरीलाई ध्यानमा राखेर नेपाली विद्यालय समेत स्थापना गरेको छ ।

प्रत्येक आईतवार नेपाली विषयलाई पढाएर नेपाली भाषा सिकाउन थालिएको छ । बिद्यालयमा अहिले २०० जना केटाकेटी अध्ययन गरिरहेका छन् । समाजले दंग छन् ।  उनले आफ्नो व्यवसायमा समेत नेपाली समुदायका मानिसलाई रोजगार दिएर सबैको मन जित्न सफल भएका छन् । उनको यो महान अभियानमा सम्पर्ूण्ा नेपालीले सहयोग गर्न आवश्यक देखिन्छ । एकजनाको प्रयासमा त यत्रो धेरै गर्न सकिन्छ भने सबै एकजुट भएमा असम्भव केही नहुन सक्छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one