advertiesment

गीतकार थापा सम्मानित

Rajendra-thapa-feliciated-by-Lyricists-Asscoation51-59a63996318899.41928054

काठमाडौं : गीतकार राजेन्द्र थापा पाँचौं राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित भएका छन् । गीतिकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै एक लाख एक रुपैयाँ नगद राशिसहित गीतकार थापालाई गीतकार संघ नेपालले सम्मानित गरेको हो । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले थापालाई नगदसहित दोसल्ला ओढाई तामपत्र प्रदान गरे ।

संघले ५१ हजार नगद राशिको वर्ष गीत पुरस्कार शिवसंगम राई र नृपध्वज खड्कालाई संयुक्त रूपमा प्रदान गरेको छ । राईको ‘ऋणै ऋणको’ र खड्काको ‘हातको ठेला’ बोलका गीत उत्कृष्ट १० मा परेका थिए । त्यस्तै प्रवास-डायस्पोरा स्रष्टा पुरस्कार बेलायत निवासी जानुका राईले प्राप्त गरेकी छन् । उनका दुई गीतिसंग्रह र तीन एल्बम प्रकाशित छन् ।

५१ हजार नगद राशिकै वर्ष गीत पुस्तक पुरस्कार भने यो वर्ष स्थगन गरेको संघले जनाएको छ । संस्थाका सदस्यहरूबाट न्यूनतम तीनवटा पुस्तक प्राप्त हुनुपर्नेमा आवश्यक संख्या नपुगेपछि यो पुरस्कार स्थगन गरिएको महासचिव शुभ मुकारुङले जानकारी दिए । कार्यक्रममा मन्त्री श्रेष्ठले संघको विशेषांक ‘गीतकार’को विमोचन र वेबसाइटको शुभारम्भ गरेका थिए ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one