advertiesment

गौचन हत्या प्रकरण: व्यवसायीले निर्माणको काम ठप्प पार्ने

gauncha--59dc27a9b1da07.56685673

काठमाडौं: निर्माण व्यवसायीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यारा पत्ता नलगाएसम्म विकास निर्माणको काम ठप्प पार्ने भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले काम गर्ने वातावरण नभएको र सुरक्षा व्यवस्था कमजोर हुँदा व्यवसायीको हत्या भएको भन्दै देशव्यापी विरोध गर्ने निर्णय भएको अन्नपूर्णलाई जानकारी दिए। उनले भने, ‘हामीले गर्ने विरोध र विकास निर्माणको काम ठप्प हुँदा विकास निर्माणमा हुने ढिलाइमा सरकारले समय थप गर्नुपर्छ।’

महासंघका महासचिव रामशरण देउजाले मंगलबारबाट तीन दिन सबै निर्माणको काम बन्द गर्ने निर्णय भएको बताए । उनले भने, ‘एक दिन शोकका रूपमा र दुई दिन विरोध स्वरूप सबै विकास निर्माणको काम ठप्प हुन्छ।’ त्यसपछि घटनाको दोषी पत्ता लगाएर कारबाही नभएसम्म देशैभरका १२ हजार निर्माण व्यवसायीले कुनै पनि टेन्डरमा सहभागी नहुने निर्णय महासंघले गरेको छ।

महासंघका अनुसार अध्यक्ष गौचनको हत्या हुनु भनेको सम्पूर्ण व्यवसायीमाथि गरिएको हमला हो। ‘भोलिका दिनमा सरकारले दिनुपर्ने व्यावसायिक सुरक्षा र वातावरणका लागि पनि बाध्य भएर आन्दोलित हुनुपरेको हो,’ देउजाले भने। निर्माण व्यवसायीले गौचन हत्याको विरोधमा क देखि घ वर्ष सम्मका सबै निर्माण व्यवसायीलाई एकबद्ध भएर देशव्यापी विरोधमा उत्रन पनि आह्वान गरेको छ।

तीन दशकदेखि सक्रिय
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको ‘क’ वर्गको डाँफे कन्ट्रक्सन कम्पनी छ। विसं २०३८ सालमा आफैले यो कम्पनी स्थापना गरेर गौचन निर्माण क्षेत्रमा प्रवेश गरेका हुन। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट गौचनले बीईसम्मको अध्ययन गरेका थिए । २०४२ सालमा कास्की निर्माण व्यवसायी संघको संस्थापक अध्यक्ष भएका गौचन महासंघको सचिव, महासचिव हुँदै २०७१ साल मंसिरदेखि तीन वर्षका लागि महासंघको नेतृत्व सम्हालिरहेका थिए।

गौचन एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यावसायिक संगठनको उपाध्यक्ष पनि थिए। गत जेठमा दक्षिण कोरियामा भएको इफाप्काको बैंठकले गौचनलाई उपाध्यक्ष चयन गरेको थियो। गौचन महासंघको नेतृत्वमा पुगेपछि नयाँनयाँ गन्तव्यमा पुगेरै सम्मेलन गर्ने, सिर्जनशील, साधारण तथा मिलनसार मित्र रहेको निर्माण व्यवसायी संघका महासचिव रामशरण देउजाले बताए। सबैसँग मिल्ने, व्यवासायी क्षेत्रकै विकास र गतिका लागि कुनै नै कुनै योगदान गर्नुपर्छ भनेर लागिपर्ने गौचन कुनै पनि विवादमा नपरेको देउजा सम्झन्छन्।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one