advertiesment

चलचित्र नकाबको गीत सार्वजनिक

नेपाली कथानक चललचित्रको फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ गीत सार्वजनिक भएको छ । जय मातृभूमी सिनेमा एण्ड क्रियसन प्रा. लि को प्रस्तुति रहेको उक्त गीत मिलन अमात्य र दिपक लिम्बुको युगल स्वर रहेको छ । कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनामा रहेको छ । संगीतकार राज कुमारको मीठो संगीत रहेको छ । चलचित्र नकाबको यो दोश्रो गीत हो यस अधि उक्त चलचित्र कै गीत चाटिङ्गमा आउ राति गायक सुर्य कमल राईको स्वर रहेको गीत सार्वजनिक भै सकेको छ ।

निता ढुंगाना, सबिन श्रेष्ठ, सुनिल कटुवाल, दिनेश जंग, अदिती श्रेष्ठ,एन बि अन्जान, निजल लामा, कृष्ण भट्टराई, रोशन कुमार, आदि कलाकारहरू रहेको उक्त चलचित्रको निर्देशन रोशन कुमारले गरेको छ । हाल रिलिकर भिडियोमा सार्वजनिक भएको यस गीतलाई कसैले पनि कभर भिडियो बनाउन सक्ने र भिडियो राम्रो भएको खण्डमा पुरस्कृत गर्ने र यसरी भिडियो बनाउने एक जोडीलाई चलचित्रमा खेलाउने जानकारी चलचित्र निर्देश रोशन कुमारले जानकारी दिनु भएको छ । अहिलेसम्म नेपालमा यसरी कभर भिडियो बनाउनेलाई सम्मान गर्ने यो नै पहिलो चलचित्र भएको पनि निर्देशकले जानकारी दिनु भयो किन भने धेरै भन्दा धेरै गीतहरूको कभर भिडियो आफ्नो लगानीमा तयार गर्नेहरूको सम्मान नहुँदा आफूले यस्तो निर्णय लिएको बताउनु भयो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one