advertiesment

कला निर्देशक एन बी अन्जान भएको चलचित्र ‘फिक्का’ को विदेशमा आक्रामक बुकिङ

fikka

काठमाडौँ, नेपाली सिने इन्डस्ट्रिको वैदेशिककरण हुने क्रममा नेपाली चलचित्र फिक्का विदेशमा आक्रामक बुकिङ भएको छ । निर्देशक समाजको पहिलो तथा नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ र नहकुल खड्का निर्मित चलचित्र फिक्काका कार्यकारी निर्माता अजय सुनार रहेका छन् । पारिवारिक कथावस्तुमा आधारित जनक खड्का निर्देशित चलचित्र हरेक वर्गका मानिसहरुले मनपराउनेमा निर्माण युनिट विश्वस्त रहेको कुरा चलचित्रका सहायक निर्देशक सुजन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार चलचित्रको कथावस्तु मनछुने खालको भएको हुनाले पनि नेपालमा मंसिर १ गते रिलिज हुन लागेको चलचित्रको ट्रेलर रिलिज अगावै विदेशमा दर्जनौ शोहरू आक्रामक बुकिङ भएको हो ।

जापानी एन आर एन अजय सुनार अभिनित चलचित्र फिक्काको कला निर्देशक एन बी अन्जान हुन् । भने वेल्जियम निवासी अर्जुनरत्न भिकारीको शब्द र स्पेन निवासी गायक तुलसी शिवाकोटीको स्वर रहेको छ । त्यसै कारणले पनि विदेशमा आक्रामक माग भएको हुनसक्ने विश्लेषण गरिएको छ ।यही ७ गतेबाट जापानमा रिलिज भएको चलचित्र अमेरिका, युरोप, अष्ट्रेलिया तथा गल्फ देशहरुमा पनि गरी दर्जनौँ शोहरू बुक भैसकेको नेपाली सिने साईटलाई श्रेष्ठले बताए । नेपाली दर्शकहरुले चलचित्र मंसिर १ गतेबाट सिनेमा हलहरुमा हेर्न पाउनेछन ।

चलचित्रमा चेतन सापकोटाको संगित, रिता खाति सुनारको लेखन, सन्तोष सुनारको छायांकन, हिरा चौधिरीको डान्स रहेको छ भने अजय सुनार, दुर्गाराज पाण्डे, सर्मिला नेपाल, राधिका घिमीरे, ई्श्वरी बराल, आदिको अभिनय रहेको छ । चलचित्रलाई श्रेष्ठ का अलवा नवराज भण्डारी र म्याक्टेन कालुले सह निर्देशन गरेका छन् । अहिले बनेका भन्दा फरक पारिवारिक सेन्टिमेन्टल कथावस्तुमा बनेको चलचित्रलाई जापानमा भएको सो पश्चात दर्शकले रुचाएपछी चलचित्रको अन्य दर्जनौं देशमा माग बढेको हो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one