advertiesment

चार ‘बाण्डेड स्टोर’मा मन्त्रीको छापा

Puma_Factory_Outlet-59ad2aa27ca122.80964887

काठमाडौं : सरकारले दरबारमार्गको चार ब्राण्डेड स्टोरमा सिलबन्दी गरेको छ । चाडपर्वको अवसरमा छुटको नाममा उपभोक्ताबाट अत्याधिक मूल्य असुल गरेको पाइएपछि आपूर्ति मन्त्री शिबकुमार मण्डलको नेतृत्वमा पुगेको अनुगमन टोलीले चार वटा स्टोरमा सिलवन्दी गरेको हो ।

मन्त्री मण्डल नेतृत्वको टोलीले दरबारमार्गस्थित स्टोर वान, वेन्टले,नाइक र पुमा नामको ब्राण्डेड स्टोरमा छापा मारेको हो । स्टोर सञ्चालकले बिक्री गर्ने सामाग्रीहरुको सक्कली बिल देखाउन नमानेको र छुट सेलको नाममा उपभोक्ताबाट अत्याधिक मूल्य असुल गरेको भन्दै मन्त्री मण्डलको निर्देशनमा आपूर्ति विभागले उक्त स्टोरमा शिलबन्दी गरेको हो ।

मन्त्री मण्डलले भने,‘उपभोक्तालाई ठगि गरी अत्याधिक मुनाफा असुल गर्ने सञ्चालकलाई छुट दिन सकिन्न् । अन्य ठूला स्टोरलाई कानुनी दायराभित्र ल्याउदैछौं।’ शिलवन्दी भएको पसलबाट सय रुपैयाँ जाने मोजा चार सयसम्ममा बिक्री भइरहेको अनुगमन टोलीले फेला पारेको थियो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one