advertiesment

जनसेवा समाजको पहलमा विपन्न परिवारलाई सहयोग प्रदान

26805038_551922481867201_7761171448980615063_n

पाँचथर/
पाँचथर फिदिम ४ स्थित एक्लेसाल वस्ने अपांग भएकी विपन्न परिवारकी एक महिलालाई जनसेवा समाज पाँचथरले आज घरमै गएर दैनिक उपभोग्य सामान तथा स्टेशनरीका सामानहरु त्था नगद रकम प्रदान गरेको छ ।
स्थानिय ४२ बर्सिया दाहिने खुट्टा पुरा नचल्ने पिसाब नरोकिएर पिसाब थइलि झुन्डाइ रहनु पर्ने अपांग भएकी चन्द्र कला सापकोटा र उनका छोरा छोरी लाई एक बोरा चामाल,लगाउने तीन जोर कपडा,स्टेशनरीका सामान प्रदान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका निवर्तमान प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले एक बोरा चामाल, फिदिम नगरपालिकाका कार्यकारी अधिकृत गुरुदत्त सुवेदी,फिदिम १ वस्ने समाजसेवी  ब्यवसायि कमल थपलियाले दुई दुई हजार रुपैया नगद प्रदान गर्नुभएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले वताउनुभयो ।
सापकोटाको ३ जना छोरा छोरी रहेका छन् भने उनका श्रीमान्ले बनिबुतो गरेर परिवार पाल्दै आएका छन् ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one