advertiesment

झापा चारमा त्रिपक्षिय प्रतिष्पर्धा, फोरमको एकिकरण हल्ला मात्र

22089153_1434169396700921_6808551723238134347_n

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्वर चार मा त्रिपक्षिय प्रतिष्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरमको प्रतिष्पर्धा देखिएको उक्त क्षेत्रमा फोरम नेपालले केन्द्रीय कार्य सम्पादन समिति तथा प्रचार प्रसार संयोजक देव लिम्वुलाई उम्मेदवार सिफारिस गरेको छ । लिम्वु त्यस क्षेत्रको लोकप्रिय युवा नेता हुन ।

गत संविधानसभा निर्वाचनमा तत्कालिन क्षेत्र नम्वर चारमा संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका लिम्वु स्थानीय जनता र युवा विच लोकप्रिय मानिन्छन भने यो क्षेत्रमा फोरम लोकतान्त्रिकको संगठन समेत मजबुद रहेको छ । उक्त क्षेत्रमा बाम गठबन्धनसंग नेपाली कांग्रेस र लोकतान्त्रिक फोरमले एकल प्रतिष्पर्धा गरेमा त्रिपक्षिय प्रतिष्पर्धा हुने र लोकतान्त्रिक गठबन्धनबाट फोरम नेपालका देब लिम्वुले टिकट पाएमा उनको जित सुनिश्चित रहेको स्थानीय युवाहरु बताउ“छन ।

यसै विच नेपाली कांग्रेस स“ग नेपाल लोकतान्त्रिक फोरमको पार्टी एकिकरण बारे मिडियामा आएको हल्ला निराधार भएको फोरम प्रचार संयोजक देव लिम्वुले बताएका छन् । नेपाली कांग्रेस लगायतका दलहरुस“ग चुनावी गठबन्धनबारे छलफल अगाडी बढीरहेको तर पार्टी एकिकरण बारे कुनै वार्ता वा सहमती नभएको उनले बताए ।

केन्द्र तथा प्रदेश निर्वाचन नजिक आईरहेका वेला पार्टी एकिकरणको हल्ला चलाएर फोरमका कार्यकर्ता तथा आम मतदाताहरुमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै संयोजक लिम्वुले हल्लाको पछाडी नलाग्न र कुनै पनि भ्रममा नपर्न पार्टी कार्यकर्ता र आम मतदाताहरुलाई आग्रह गरेका छन ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one