advertiesment

ठण्डा मौषममा कान्छोसँगै मातिए कबितामा साहित्यकारहरु

Exif_JPEG_420

”उसको मातमा कसैको नुन मिसिएको छैन
उसको मताइमा कसैको वात लागेको छैन
उसको गाथमा कुृनै दाग लागेको छैन
दाजुहरुको भागबण्डाको कचिगलले ऊ थाकेको छ
आज कान्छो मातेको छ” ………
(कबि राम प्रसाद चापागाई)

 

ठण्डा मौषममा कबिताको रसपानसँगै आज कबिहरु एकैछिन मातिए । यो मातिने अबसर जुराइदियो आधुनिक साहित्य परिषद काठमाडौंले ।
इलामको सोयाङमा २००८ सालमा जन्मिएर आफ्नो कार्यक्षेत्र पाँचथर बनाएका रामप्रसाद चापागाई पिता सत्यनारायण र माता नर्मदा चापागाईका सन्तान हुन । उनि लामो समयबाट साहित्य कला क्षेत्रमा जुझारु सक्रिय स्रष्टा हुन । अध्यायनको क्रममा बनारसमा मिर्मिरे पत्रिका सम्पादन सँगसँगै साहित्य क्षेत्रमा सक्रिय रहेका चापागाईका आफ्नै धुन आफ्नै बासुरी गजल संग्रह, चार धाम तिर्थ यात्रा एक अनुभब अनेक यात्रा संस्मरण र सत्यनारायण चापागाई स्मृति ग्रन्थ प्रकाशन भै सकेका छन् । सरकारी तथा निजी क्षेत्रमा शिक्षण अनुभब समेत बटुली सकेका चापागाई पाँचथरमा नौलो साहित्यिक बिहान प्रतिष्ठानको अध्यक्ष रहेर कला साहित्यका बिभिन्न बिधाहरुमा सक्रिय रहेका छन् । भानु बिषेश साहित्य पुरस्कार २०५१ बाट सम्मानित चापागाईका बिभिन्न स्थानिय तथा राष्ट्रिय साहित्यिक तथा दैनिक पत्रपत्रिकाहरुमा समेत कबिता तथा गजलहरु पढ्न पाइन्छ ।

Exif_JPEG_420

आज काठमाडौको नर्थ क्याफेमा आधुनिक साहित्य परिषद काठमाडौको आयोजनामा उनै पाँचथरका कवि रामप्रसाद चापागाईको एकल कबिता बाचन कार्यक्रम सम्पन्न भयो । उक्त एकल वाचनमा प्रा.डा.कुमार प्रसाद कोइराला प्रमुख अतिथी थिए भने तिलक प्रसाद लुइटेलले वाचित कबिताहरुको समिक्षा गरेका थिए । अतिथीहरुमा टङ्क चापागाईं, रत्न प्रसाद अनामणि श्रेष्ठ, एन बी अन्जान लगायत थिए । गढिमा उभिएर कबिताबाट सुरु गरेका कबि चापागाईले मेरो छोरो बिधायक बनेछ, आज कान्छो मातेको छ, कोशी रोइरहेछ, सहमति, सेता परेवाका जोडी लगायत करिव डेड दर्जन  कबिता र स्रोताको आग्रहमा केहि गजल सुनाएका थिए । समीक्षक तिलकप्रसाद लुइटेल एवं अतिथिहरू क्रमशः टङ्क चापागाईं, रत्न प्रसाद अनामणि श्रेष्ठ लगायतले कविका कविता माथि टिप्पणी गरेका थिए । यथार्थलाई काब्यमा ढाल्न सक्नु चानचुने कुरा नभएकाेले कवि चापागाईं शक्तिशाली कवि भएकाे कुरा समीक्षक तिलकप्रसाद लुइटेलले समीक्षा मन्तब्यमा बताउनु भएको थियाे । यसैगरी प्रमुख अतिथि कुमारप्रसाद काेइरालाले चापागाईंका कवितामा शन्देश र मनाेरन्जन दुबै भएकाले श्राेता र पाठक उहाँको कवितामा लाेभिने बताउदै उहाँलाई क्षमतावान शक्तिशाली कवि भएकाे बताउनु भएकाे थियाे ।

 

कार्यक्रममा रत्न प्रसाद अनामणि श्रेष्ठले उहाँकाे अाज कान्छाे मातेकाे छ कविता साच्चिकै लाेभलाग्दाे र अाकर्षक रहेको र मेराे भावनासँग मीत लगाएको बताउनु भएको थियाे । बोल्ने क्रममा बक्ताहरुले भने -चापागाईका कबिताहरुमा देश प्रेम, माया प्रेम, ब्याङ्य भित्र बास्तबिकता छताछुल्ल छछल्किएका छन् । कार्यक्रममा टङ्क चापागाईंले रामप्रसाद चापागाईंकाे सम्क्षित परिचय दिदै उहाँ हरेक कुरामा अाफ्नाे अभिवाभक रहेको बताउनु भएकाे थियाे । । कार्यक्रममा स्वागत मन्तव्य कृष्ण बहादुर के सीले र संचालन दामोदर ढकालले गरेका थिए भने अध्यक्षता परिषदका अध्यक्ष मुरलिप्रसाद ढकालले गरेका थिए ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one