advertiesment

धादिङका अगुवा कृषक समुहलाई मोबाइल फोन

MObile_networks-592425bbd8fbc4.04094160

धादिङ: विभिन्न समूह मार्फत व्यवसायिक रुपमा खेतीपाती गरिरहेका र पशुपालन गरिरहेका कृषहरुलाई जलवायु प्रकोप समुत्थान निर्माण आयोजना मार्फत सिम कार्ड सहितको मोवाइल फोन, तापक्रम नाप्ने थर्मोमिटर, बर्षामापन यन्त्र लगायतका उपकरण उपलब्ध गराइएको छ।

सुचना प्रविधिको २१ औ शताब्दीमा कृषकहरुले पनि सुचना प्रविधीकै सहाराले खेतीपाती गरुन, सुचना प्रविधिबाटै खेतीपाती गर्ने तरिका, रोगहरु बारे जानकारी तथा मौषम अनुसारको खेतीपाती गर्न सहज होस भन्नाको लागि धादिङका ४३ वटा कृषि समुहहरुलाइ मोवाइल फोन वितरण गरिएको जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ।

नेपाल सरकार अन्तरगत कृषि विकास मन्त्रालयको जलवायु प्रकोप सम्मुत्थान निर्माण आयोजनाले २५ जिल्लाका १२ सय किसानहरुलाइ एन्ड्रोइड फोन सहित ताप मापन यन्त्र, बर्षा मापन यन्त्र दिइएको छ। सोही क्रममा धादिङका ४३ वटा कृषि समुहहरुलाइ पनि समुहका सदस्यहरुले लाभ लिने गरि बर्षा मापन यन्त्र, तापमापन यन्त्र, कृषि एप्लिकेशन सहितको एन्ड्रोइड मोवाइलन वितरण गरिएको जिल्ला कृषि विकास कार्यलय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले जानकारी दिनुभयो।

‘धादिङका पहिलेका एउटा गाउँविकास समितिका एउटा कृषक समुहलाइ पर्नेगरि हामीले उपकरणहरु वितरण गरेका हौँ।’ बरिष्ठ कृषि विकास अधिकृत देवकोटाले भन्नुभयो, ‘कृषि समुह छनौट गर्दा ब्यवसायिक किसानहरु भएको समुह, मोवाइल मार्फत सुचनाहरु लिन सक्ने समुह र कृषि क्षेत्रमा राम्रो काम गरिरहेका कृषि समुहहरु छानेका छौँ।’

कृषि क्षेत्र तर्फका २७ जना र पशुपालन तर्फका १७ जना किसानहरुलाइ मोवाइल सहित उपकरणहरु प्रदान गरिएको हो। मोवाइल सहित कृषि उपकरणहरु निशुल्क पाएपछि कृषकहरुपनि खुसी र उत्साहित भएका छन्। दक्षिणी धादिङको जीवनपुर गाउँ विकास समितिका कृषक रमेश रुपाखेतीले भन्नुभयो, ‘हामीले पाएको मोवाइलबाट कृषि कार्यलय र पशु कार्यलयबाट समय समयमा पाइने सेवा सुविधाहरुको सन्देश पनि पाइने रहेछ, कुन मौषमा कुन खेतीपाती गर्न हुन्छ भन्ने कुरा कृषि एप बाट थाहा हुने रहेछ । बर्षातको समयमा कति बर्षा भयो, खेतवारीमा जान मिल्ने छ छैन बर्षातमापन यन्त्रबाट हेरेर थाहा पाइने भयो। तामक्रम मिलाएर खेतीपाती गर्न सजिलो हुने भयो । यी र यस्ता धेरै नै फाइदा हुन्छ जस्तो छ।’

मोवाइल लिने कृषकले त्यहाँ प्राप्त गर्ने हरेक सुचना सन्देशलाइ समुहका सवै सदस्यहरुलाइ बताउनुपर्ने हुन्छ। समुहका अध्यक्ष वा मोवाइल चलाउन सक्ने सदस्यले मोवाइल लिने भएपनि त्यसबाट प्राप्त हुने सेवा सुविधा र सन्देश सवैजनालाइ प्रदान गर्ने अर्का कृषक केशव रुपाखेतीले बताउनुभयो।

बेमौसमी खेतीपाती गर्दा रोग तथा किराहरले आक्रमण गर्ने भएकाले तत्काल कृषि प्राविधिहरु पनि उपलब्ध नभएको खण्डमा यो प्रभावकारी हुनसक्ने अर्का कृषक शम्भु श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तत्काल कृषि प्राविधिकहरु नभएको खण्डमा कृषि एप हेरेरै के उपाय अपनाउन सकिन्छ, घरेलु उपचार विधिहरु के के हुनसक्छन भन्ने विषयमा यहाँबाट जानकारी पाइन्छ।’

जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न धादिङ जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका अनुगमन अधिकृत किरण राज मिश्रले बताउनुभयो। ‘मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्न उत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथा लगायतका कुरा थाहा पाउने छन।’

मिश्रले भन्नुभयो, ‘कुन मौषम अनुसारको कस्तो खेती गर्नुपर्छ, केके समस्या आउछ, समाधानका कुराहरु के के हुन्सक्छन भन्ने लगायतका धेरै कुराको उत्तर मोवाइलबाटै प्राप्त हुनेभएककाले हामीले किसानहरुलाइ सहज होस भन्नाको लागि वितरण गरेका हौँ।’

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one