advertiesment

धितो जमानीबाट भूकम्पपीडितले तीन लाख निर्ब्याजी ऋण पाउने

Pm-office-59db1b74a84b12.21923249

काठमाडौँ: सरकारले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरेको छ। अब भूकम्पपीडितले धितो जमानीबाट पनि ऋण उपलब्ध पाउने भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितलाई घर बनाउन सामूहिक जमानीमा निर्ब्याजी गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।

यसै गरी बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णयसमेत गरेको मन्त्री कार्कीले बताए।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one