advertiesment

नास्टको पहिलो शाखा महेन्द्रनगरमा

Nast-59676501353038.86136266

महेन्द्रनगर : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ७ वटै प्रदेशमा शाखा बिस्तार थालेको छ । मुलुक संघीयतामा गएपछि बनेका ७ वटै प्रदेशमा नास्टले शाखा बिस्तार थाल्ने अभियान अन्र्तगत ७ नम्बर प्रदेशको महेन्द्रनगरमा पहिलो शाखा स्थापना गरेको हो ।

बिहीबार एक कार्यक्रमका बीच नास्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले नास्टको पहिलो शाखाका रुपमा महेन्द्रनगर शाखाको उद्घाटन गर्नुभएको हो । शाखाको उद्घाटन गर्दै उपकुलपति डा. जीवराज पोखरेलले नास्ट स्थापनाको ईतिहासमा ७ नम्बर प्रदेशमा शाखा खोलेर प्रविधि क्षेत्रमा नविनतम खोज ल्याउने प्रयास भएको बताउनुभयो ।

‘परम्परागत प्रविधिको संरक्षण र आधुनिकीकरण गर्ने हाम्रो मुलभुत उद्धेश्य हो’ कार्यक्रममा बोल्दै उपकुलपति डा. पोखरेलले भन्नुभयो, ‘यो क्षेत्रमा विज्ञान र प्रविधिमा रुची राख्ने आमविद्यार्थीहरुका लागि नास्टले ठूलो योगदान पुर्याउने छ’ । ७ नम्बर प्रदेश विभिन्न जडिबुटीको खानी भएको क्षेत्र भएकाले समेत नास्ट स्थापनाले त्यसको खोज अनुसन्धानमा यसले ठूलो सहयोग गर्ने उहाँको भनाई थियो ।

‘प्राकृतिक सम्भावना भएका थुप्रै चिज हाम्रो क्षेत्रमा भएपनि त्यसको खोज, अनुसन्धान हुन सकेको छैन्’ उपकुलपति पोखरेलले भन्नुभयो,‘ शाखाको स्थापना संगै यहाँ रहने वैज्ञानिक लगायतको टीमले त्यसको खोज अनुसन्धान गर्नेछन्, र त्यसबाट यो क्षेत्रमा विज्ञान र प्रविधिमा अध्ययन गर्दै आइरहेका विद्यार्थीहरुका लागि समेत लाभदायी हुनेछ’ ।

विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका नयाँ प्रगतिका बारेमा जानकारी दिन र नयाँ खोजका लागि शाखाको बिस्तार गरिएको नास्टका बैज्ञानिक डा. जितु उपाध्यायले जानकारी दिनुभयो ।

नास्टले अत्याधुनिक उपकरण सहितको प्रयोगशाला र कार्यालय बनाउन जमिनको आवश्यकता रहेको भन्दै जमिनका लागि पहल भइरहेको जनाएको छ । पूर्वजिल्ला उपसभापति राजेन्द्र सिंह रावलको संयोजकत्वमा जग्गा खोजविन समिति गठन गरिएको छ । समितिका संयोजक राजेन्द्र सिंह रावलले नास्टका लागि आवश्यक जमिन खोज्ने काम भइरहेको बताउनुभयो । उहाँले सरोकारवाला सबैको सल्लाहमा सकेसम्म सरकारी स्तरबाटै जमिन उपलब्ध गराउनका लागि पहल भइरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्वहरुले नास्टले शाखा बिस्तारको थालनी गर्दा पहिलो चरणमा ७ नम्बर प्रदेशको कञ्चनपुर जिल्लालाई छनोट गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । नास्टको स्थापनासंगै विभिन्न खोज गर्न चाहनेहरुका लागि ठूलो मद्वत पुग्ने विश्वास यहाँका बुद्दिजीविहरूकाे छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one