advertiesment

नेपाल समुद्रसँग सीधै जोडिने, जलमार्ग बनाउने सहमति

water-ship-5ac8c14ebdf8e8.74207682

काठमाडौं: भारतले नेपाललाई सीधै समुद्रसँग जोड्नका लागि जलमार्ग बनाउन सहमति जनाएको छ । भूपरिवेष्ठित राष्ट्र नेपालको समुद्रसम्म सीधै पहुँच पुर्‍याउनका लागि भारत जलमार्ग बनाउन तयार भएको हो ।

नेपाललाई समुन्द्रसँग सिधै जोड्न ‘आइल्याण्ड वाटर वे’ (जलमार्ग) बनाउने कुरामा नेपाल-भारतबीच शनिबार सहमति भएको हो । दुई देशका प्रधानमन्त्रीले नेपालको सामुद्रिक पहुँचका लागि ‘इनल्याण्ड वाटर वे’(जलमार्ग) विकास गर्ने कुरामा सहमति गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने राजकीय भ्रमणका क्रममा नेपाललाई जलमार्गसँग जोड्ने विषयमा भारतसँग दुई बुँदे सहमति भएको हो । सहमति अनुसार व्यापार तथा पारवहन सन्धिको परिधिमा रेहर समु्द्रबाट सीधै समान ल्याउन लागि नेपालले भारतको जलमार्गको प्रयोग गर्न पाउने छ ।

जसले गर्दा नेपालमा सहज र सस्तो मूल्यमा सामान आयात निर्यात गर्न सकिनेछ । जलमार्गले यो क्षेत्रको आर्थिक विकासमा ठूलो सहयोग गर्ने अपेक्षा दुई देशले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जलमार्गले नेपालको व्यापार तथा आर्थिक क्षेत्रको विकासमा थप मद्दत गर्ने विश्वास गरेका छन् ।

पारवहनको चापलाई जलमार्गले सहज बनाउनेमा दुवै नेताले विश्वास गरेका छन् । नेपाल र भारतबीचको पारवहन सन्धि अनुसार जलमार्गको मोडालिटी तयार पार्न दुई देशका अधिकारीलाई दुई प्रधत्रानमन्त्रीले निर्देशन पनि दिएका छन् ।

जलमार्गको निर्माण प्रक्रिया थाल्ना सम्बन्धित देशका अधिकारीलाई निर्देशन दिइएको सम्झौता पत्रमा उल्लेख छ । सहमतिपछि नेपालले समुद्रसम्म जलमार्गको पारवहन अधिकार पाएको छ । यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले समुद्रसम्मको पहुँचका लागि चीनसँग पारवहन सम्झौता गरेका थिए ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one