advertiesment

नोकिया ३३१० को आकर्षण

Nokiya-3310-592241042c30d8.11395426

काठमाडौं : गत शुक्रबारदेखि नोकियाको सिग्नेचर उत्पादनको रूपमा ३३१० मोडलको फोन नेपाली बजारमा भित्रियो । भित्रियो पनि कसरी, जम्मा दुई हजार सेटका साथ । नेपालमा भित्रिएको दुई घन्टामा कम्पनीले यो प्रोडक्ट बजारमा पठाइसकेको थियो । माग बढ्यो उत्पादन छैन र फेरि तुरुन्तै ल्याउने पनि कुनै सम्भावना छैन । किनकी ३३१० लाई नोकियाले बिक्रीका लागिभन्दा पनि आफ्ना पुराना ग्राहकलाई नोकियाको इतिहास सम्झाउन ल्याएको हो । सन् २०१७ को अन्त्यबाट यसको उत्पादन फेरि बन्द हुनेछ ।

नोकियाको ३३१० पहिलो पटक सन् २००० मा बजारमा आएको थियो । जुन अहिलेसम्म पनि सबैभन्दा बढी बिक्री हुने फोनको रूपमा विश्व बजारमा चिनिएको छ । त्यस समयमा ३३१० को बिक्री १५ करोड भएको थियो । यसमा भएको स्नेक र स्पेस इमप्याक्ट गेमले त्यस समय सबैलाई आकर्षण गरेको थियो जसको क्रेज आज पनि उस्तै देखिएको छ । केही समयको बि श्रामपछि फेरि कमब्याक गरेको नोकियाको क्रेज नेपालमा मात्र नभई विश्व बजारमै उस्तै देखिएको छ । पहिलो त कमब्याकको समयमा यसले पाएको चर्चा हो । अर्को सार्वजनिक भएपछि बजारमा देखिएको यस फोनको अभावले प्रयोगकर्तामाझ नोकियाको छाप अझै पनि जीवित रहेको देखाएको छ ।

नेपालका लागि नोकियाको आधिकारिक वितरक प्यारामाउन्ट इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर राजकिरण शर्माले नेपालमा भित्रिएको दुई घन्टामा कम्पनीले नोकियाको ३३१० लाई बिक्री गरिसकेको उल्लेख गर्नुभयो । ‘हामीले ल्याएको सबै सेट बजारमा गइसकेको छ,’ उहाँले भन्नुभयो, ‘बजारमा पनि २० प्रतिशत सेटमात्र बिक्री हुन बाँकी छ ।’ कम्पनीले बजार मागअनुसार उत्पादन पुर्‍याउन सकेन ।

‘पाँच सय सेट माग भएको ठाउँमा ५० वटा सेट दिनुपर्ने बाध्यता आयो’, उहाँ भन्नुहुन्छ, ‘कम्पनीले पनि एकै ठाउँमा धेरै उत्पादन दिनुभन्दा पनि देशको सबै ठाउँमा पुगोस् भन्ने सोचका साथ माग भएका ठाउँमा १०-१२ वटा सेट पुर्‍याएको छ ।’ ता कि, किन्न रहर भएका सबैले पाउन् । ‘कम्पनीले नोकिया ३३१० को मूल्य पाँच हजार दुई सय ५५ तोकेको छ । तर बजारमा कतिपय व्यापारीले तोकिएको मूल्यभन्दा पनि बढी लिएर मोबाइल बिक्री गरिरहेको पाइयो’, उहाँ थप्नुहुन्छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one