advertiesment

पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

Chhapali_pahiro-5971888b56b644.39929119

डोटी : लगातारको बर्षाका कारण आएको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार मध्यराति डोटीको सायल गाउँपालिका वडा नं. १ छपालीमा पहिरो जाँदा हरिमल भुलको घर परिएको हो । घर पुरिँदा उहाँकी चार वर्षीया छोरी मनिषा भुलको मृत्यु भएको छ ।

पहिरोका कारण घर पूर्णरुपमा पुरिएको स्थानीय घरबहादुर नेपालीले जानकारी दिनु भयो । नेपालीका अनुसार घरमा रहेका मृतक बालिकाका बुवा हरिमल भुल, आमा जमुना भुल र दुई जना दाईसमेत गम्भीर घाईते भएका छन् । प्रहरी घटनास्थल तर्फ गईरहेको बताइएको छ ।

नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न करिब पाँच घण्टा लाग्ने भएका कारण प्रहरी अझै घटनास्थलमा पुगिसकेको छैन् । लगातारको बर्षाका कारण जिल्लाका ग्रामीण भेगमा रहेका सडक अबरुद्ध भएका छन् भने ठाउँ-ठाउँमा पहिरो गएको छ । सेती नदीमा बाढी आएका कारण नदी आसपासका बस्ती समेत त्रसित बनेका छन् ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one