advertiesment

पाँच दशकपछि थपियो आैद्योगिक क्षेत्रमा बिजुली

hetuda-udyo-5a0e701d5a9de7.91522033

हेटौंडा : लोडसेडिङको मार खेप्दै आएका हेटौंडा औद्योगिक क्षेत्रका उद्योगले राहत पाएका छन् । हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएको पाँच दशकपछि पहिलो पटक पाँच एमभीए विद्युत् थप भएपछि यस क्षेत्रका उद्योग सञ्चालनमा सहज भएको हो । हेटौँडामा बिहीबार आयोजित कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कमाने एचआईडी ११ केभी प्रसारण लाइन तथा नवनिर्मित सब स्टेसनको उद्घाटन गरे । औद्योगिक क्षेत्रमा नयाँ उद्योग थपिनुका साथै थप रोजगारी सिर्जना हुने उनले बताए । ‘अब ओभरलोडको पनि समस्या हट्नेछ’, उनले भने, ‘गर्न चाहे सकिँदो रहेछ भन्ने कुराको उदाहरण हेटौंडाले दिएको छ ।’

हेटौंडा औद्योगिक क्षेत्रमा आवश्यकताअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगहरू वर्षौंदेखि ओभरलोडको मार खेप्न बाध्य थिए । २०२० सालमा स्थापना भएको औद्योगिक क्षेत्रले २०३९ सालदेखि पाँच मेगावाट विद्युत् प्राप्त गरेको थियो । त्यसयता करिब ८० वटा नयाँ उद्योग थपिए पनि थप विद्युत् आपूर्ति भएको थिएन । ‘मागअनुसारको विद्युत् आपूर्ति नहुँदा ओभरलोडका कारण उद्योगले करोडौंं रुपैयाँ नोक्सानी बेहोर्दै आएका थिए’, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले भने, ‘विद्युत् थप भएपछि हामीले राहत महसुस गरेका छौं ।’ पाँच मेगावाट विद्युत्को भरमा सञ्चालन हुँदै आएको औद्योगिक क्षेत्रमा १० मेगावाट विद्युत् आवश्यक रहेको उनले बताए । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले थप पाँच मेगावाट विद्युत् भित्र्याउन पहल गर्नुपर्ने औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष माधव अधिकारीले बताए ।

हेटौंडा औद्योगिक क्षेत्रमा आवश्यकताअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगहरू वर्षौंदेखि ओभरलोडको मार खेप्न बाध्य थिए ।
हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले विद्युत् प्राधिकरण हेटौंडा ग्रिड शाखामार्फत विद्युत् विस्तारको काम गरेको हो । कमाने सबस्टेसनदेखि एचआईडीसम्म ६ करोड लागतमा प्रसारण लाइन निर्माण भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख नेपाल भूषण वैद्यले बताए । औद्योगिक क्षेत्रस्थित सबस्टेसन निर्माणमा करिब दुई करोड खर्च भएको उनले जानकारी दिए । ‘सबै क्षेत्रको सहयोगका कारण हामीले थप विद्युत् भित्र्याउन सकेका छौं’, उनले भने, ‘अब भित्रिने नयाँ उद्योगमा विद्युत्को समस्या हुँदैन ।’

औद्योगिक क्षेत्रका एक सय १२ उद्योगमध्ये ८४ वटा मात्र सञ्चालनमा छन् । बन्द हेटौंडा कपडा उद्योगको खाली जग्गामा स्थापना गरिएको हेटौंडा नयाँ औद्योगिक क्षेत्रमा १५ उद्योग स्थापनाका क्रममा छन् । ती उद्योग विद्युत् अभावका कारण सञ्चालनमा आउन सकेका थिएनन् ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one