advertiesment

पुस्तक बेचेर महावीरलाई सहयोग

ghagi-59376213385f99.43493445

लेखक शिवप्रकाश पुनले अमेरिकामा आफ्नो पुस्तक ‘घागी’ को बिक्रीबाट आएको रकम महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई सहयोग गर्नुभएको छ । करिब १२ सय ५० डलरको पुस्तक बिक्री भएको थियो ।

त्यसमा प्रकाश र उहाँकी श्रीमती जोत्सना पौड्यालले त्यति नै रकम थपेर २५ सय डलर प्रदान गर्नुभएको हो । यसको नेपाली रकम दुई लाख ५७ हजार आठ सय ५० रुपैयाँ रहेको छ ।

अमेरिकामा बसेर आफ्नो देशको लागि सहयोगको हात अघि बढाइरहने प्रकाशले भन्नुभयो, ‘म कसैलाई केही दिन्छु भने त्यो सेवा हैन, सहयोग हो, डा. गोविन्द केसी, महावीर पुनजस्ता मान्छे समाजसेवाका सुपात्रहरू हुनुहुन्छ, हामी सहयोगीमात्र हौं ।’ बोस्टनस्थित जयतु संस्कृतम्, अमेरिकाले पनि नेपाल आविष्कार केन्द्रलाई सहयोग गर्ने इच्छा देखाएको संस्थाका अभियन्ता तथा लेखक रमेश शर्माले बताउनुभएको छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one