advertiesment

बक्स अफिस असार मसान्तसम्म राज्यले लागु गराएर छोड्ने आदेश

33237583_1897534876963446_366918016715194368_n

काठमाडौँ:  अध्यक्ष नवल खड्काको नेतृत्वमा रहेको चलचित्र निर्माता संघ नेपालका कार्यसमितिले माननीय सञ्चार राज्यमन्त्री गोकुल बास्कोटासँग भेट गरी संघको आधिकारिक ज्ञापन पत्र बुझाए । यस महत्वपूर्ण भेटघाटमा माननीय राज्य मन्त्रीज्यूले चलचित्र नीति लागु गरिने र बक्स अफिसलाई असार मसान्तसम्म राज्यले लागु गराएर छोड्ने यदि यो आदेशको अवज्ञा गर्ने र गराउने जो कोहिलाई पनि कडा कारवाही गर्ने यदि हल वालाले बक्स अफिस लगाउन आनाकानी गर्नेलाई हल नै बन्द गरिदिने भन्दै विश्वस्त तुल्याउनु भयो ।

33130996_1897534753630125_2558322704658726912_n

हाम्रो संघको महत्वपूर्ण माग, राज्यले नै जसरी बक्स अफिसको निर्माण गर्न लगानी गरेको छ त्यसरी नै सरोवरको निर्माण राज्यले गरिदिनु पर्ने उक्त सरोवरको नाममा निर्माताले तिर्दै आएको रकम दस्तुरबाट निर्मातालाई पर्ने आर्थिक शोषण जुन सरोवर व्यवसायले निर्मातासँग लिने नाजायज रकमबाट जसरी पनि मुक्त गराउने प्रतिवद्धता जाहेर गर्नुभयो । चलचित्रमा भएको सेन्डीगेटको सफाया, र चलचित्र माफियाहरुको सम्पत्ति सुद्धिकरण गरिने भन्दै चलचित्र नीति २०७१ बन्नुमा विमल पौडेलको आमरण अनशनको प्रतिफल हो र उहाँलाई राष्ट्रियले सम्मान गर्नुपर्ने साथै उक्त आन्दोलनमा चलचित्र कलाकार संघको अध्यक्षको हैसियत र आन्दोलनको प्रवक्ताको महत्वपूर्ण भूमिका नवल खड्काजीले खेल्नु भएकोमा प्रसंशा सहित सम्पूर्ण चलचित्रकर्मी प्रति धन्यवाद दिनुभयो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one