advertiesment

बाग्लुङ पुग्यो चलचित्र लिलाराम सुटिङयुनिट

jc

बाग्लुङ/ दुर्गम जिल्लाको बिकट गाउँ बाग्लुङ को बुर्तिबाङ अनि ढोरपाटनलाई आफ्नो छायांकन स्थल चुनेर चलचित्र लिलाराम निर्माण हुने भएको छ । बाग्लुङ जिल्लाको बिर्तिबाङमा बोलिने भाष् तथा त्यही स्थानको स्थानिय भेषभुसा मा तैयार गर्न लागिएको चलचित्र लिलारामको निर्देशन भने युवा निर्देशक सुबास जि सि ले गर्ने भएका छन ।

बिल्कुल माया प्रेममा आधारित चलचित्र हो बिसुद्द मनोरञ्जन दिने छ भन्दै निर्देशक भन्छन चलचित्रले लोप हुन लागेको सस्कृती र भेषभुसाको संरक्षण मात्र हैन विश्व सामु पुर्याउने छ । चलचित्र लिलारामको लागि गितहरु साहित्यकार विश्व देबकोटाले लेखेका हुन भने सङ्गीतको लागि सङितकार अझै तोकिएको छैन । त्यसो त बर्खे झरी नभनेर बाग्लुङको बुर्तिबाङ र ढोरपाटन अनि म्याग्दिको बेनि सम्म बिगत 8 दिन देखि लोकेसन हेर्ने क्रममा निस्किएका निर्देशक जि सि भन्छन कलाकार तय भैसकेको छैन तर सुटिङ तय भैसक्यो हा हा हा हा हा लामो हासो हासे पछि थपे यहि १४ गते शुभमुहरतको तय छ ।

लिलारामको कथा पटकथा स्वम निर्देशकले लेखेका हुन भने कमल खत्रीको छायांकन रहने चलचित्र लिलारामको निर्माण इन्जोए मुभिजले गर्ने बताइएको छ । लिलाराममा अन्जान कार्कीको सह निर्देशन रहने जनाइएको छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one