advertiesment

मन्त्रीको टुंगो लागेपनि मन्त्रालयको टुंगो अझै लागेन

pm-office-58af88360e5647-5978304f0a5ba8.63882891

काठमाडौं: सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएपनि सत्तारुढ दलहरु कसलाई कुन मन्त्रालय दिने भन्नेमा अझै टुंगोमा पुग्न सकेका छैनन् ।
सरकार गठन भएको करिव डेढ महिनापछि बिस्तार हुन लागेको मन्त्रिमण्डलमा पार्टीका तर्फबाट सहभागि मन्त्रीहरुलाई कुन मन्त्रालय दिने भन्नेमा दलहरु अझै आन्तरीक छलफलमै व्यस्त छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका छन्। तर मन्त्रालयको टुंगो नलागेपछि अहिलेसम्म सपथ ग्रहणको समय पनि तोकिएको छैन।

नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागि हुन लागेका दशै जना मन्त्रीहरुको मन्त्रालयको टुंगो लागिनसकेको कांग्रेसका एक नेताले बताए। कांग्रेसबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर, अम्बिका बस्नेत, रामकृष्ण यादव, राजन केसी, सञ्जय गौत, यज्ञबहादुर थापा, मोहन बस्नेत र भीमसेनदास प्रधानको नाम मन्त्रीका लागि प्रधानमन्त्रीलाई पठाइएको छ। कांग्रेसबाट मन्त्री बन्नेको अन्तिम सूचीे यही भएको बताइएपनि आफुले पाउने मन्त्रालयबारे सबैजना बेखवर छन्। मन्त्रालयको टुंगो लगाउनेबारे प्रधानमन्त्री देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गरिरहेको कांग्रेसका एक नेताले बताए।

यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट मन्त्रीमा सिफारिस ६ जनामध्ये दुई जनाको मात्र मन्त्रालय टुंगो लागेको छ। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालका अनुसार स्वास्थ्य मन्त्रीमा गिरिराजमणि पोखरेल र उर्जा मन्त्रालयमा महेन्द्रबहादुर शाहीको नाम टुंगो लागेको छ।

मन्त्रीमा सिफारिस अरु नेताहरु टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, सन्तकुमार थारु चौधरी र आशा खनाललाई कुन मन्त्रालय दिने भन्नेमा माओवादी भित्र छलफल जारी छ। माओवादीले केही राज्यमन्त्रीको नाम पनि सिफारिस गरेको बुझिएको छ। राज्यमन्त्रीका लागि जाकिर हुसेन, रामसिंह यादव, शम्भु श्रेष्ठ, श्यामकुमार श्रेष्ठको नाम पठाएकाे छ।

कांग्रेसले १३ र माओवादी केन्द्रले नौ मन्त्रालय लिने सहमति भए पनि दुवै दलबाट तीन/तीन जना यसअघि नै मन्त्री भइसकेकाले बाँकी मन्त्रालयमा भागबन्डा गरिएको हो। लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्री बनिसकेका कारण उक्त दललाई पर्यटन र भूमिसुधार मन्त्रालय दिइने भएको छ । फोरमले माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छोटो समय मात्र मन्त्री बनेका जितेन्द्र देव र गोपाल दहितलाई नै मन्त्री बनाउने तयारी गरेको नेता रामजनम चौधरीले जानकारी दिए ।

नेकपा संयुक्तले दाहाल नेतृत्वको सरकारका पालामा पाएको वातावरण मन्त्रालय नै पाउने भएको छ। उद्योग, वन, शान्ति र विज्ञान तथा प्रविधि मन्त्रालय हाललाई प्रधानमन्त्रीसँग राख्ने र राप्रपालगायत दलसँग कुरा मिले उनीहरूलाई पछि ती मन्त्रालयको जिम्मा दिने सहमति कांग्रेस र माओवादी केन्द्रबीच भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one