advertiesment

महिला उद्यमीका व्यवसाय आसियानसम्म

saarc-women-enterpreners-59b8c98a40c937.32613939

काठमाडौं : नेपाली महिला उद्यमीले सार्क र आसियान क्षेत्रका महिला उद्यमीसँग साझेदारी गरी व्यवसाय गर्न पाउने भएका छन्। यसबाट नेपाली महिला उद्यमीको व्यवसाय क्षेत्रीयस्तरमा प्रवद्र्धन हुनेछ। क्षेत्रीय व्यापार प्रवद्र्धनका विषयमा राजधानीमा मंगलबार सम्पन्न दक्षिण एसियाली महिला व्यवसायीको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाली महिला विकास मञ्च (सडफ)की अध्यक्ष प्रमिला रिजाल र अन्य दुई संस्थाका प्रतिनिधिबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। कार्यक्रममा सडफकी अध्यक्ष रिजाल, भारतको हैदरावादस्थित एसोसिएसन अफ लेडी आन्टरप्रिनर्स (अलिप)की अध्यक्ष कन्नेगन्टी रमा देवी र आसियन विमन आन्टरप्रेनर्स नेटवर्क (एविन)की अध्यक्ष प्यासिटा जुवानले दुई छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

एविनसँग गरिएको सम्झौताअनुसार सार्क र आसियन क्षेत्रमा महिला उद्यमशीलता र महिला सशक्तीकरणका लागि दुवै संस्थाले मिलेर काम गर्नेछन्। एकअर्काका शक्ति, अनुभव र स्रोतलाई परिचालन गरेर दुवै पक्षको फाइदाका लागि अगाडि बढ्ने र ग्रेट विमेन आसियान परियोजना पनि साझेदारी गर्ने सहमति भएको छ।

अलिपसँगको अर्को सम्झौतामा भारतको हैदरावादस्थित विशाखापट्टनम बन्दरगाहमा सार्क ट्रेड सेन्टर स्थापना गरी सार्क र आसियान क्षेत्रका महिला उद्यमीलाई उद्यमशीलताको अवसर प्रदान गरिने भएको छ। उक्त क्षेत्रलाई प्रदूषणबाट जोगाउन हरित औद्योगिक पार्कका रूपमा प्रवद्र्धन गरिने पनि सम्झौतामा जनाइएको छ। यसका लागि आन्ध्रप्रदेश सरकारले जग्गा समेत उपलब्ध गराइसकेको छ। क्षत्रीय स्तरमा परियोजना विस्तार गर्ने विषयमा नेपाली महिला उद्यमी यही मंसिर महिनामा भारत जाने तयारी भइरहेको पनि अध्यक्ष रिजालले जानकारी दिइन्।

सार्क र आसियन क्षेत्रमा महिला उद्यमशीलता र महिला सशक्तीकरणका लागि सहकार्यको सहमति भएको छ।
अन्तर्राष्ट्रिय सम्मेलनमा कृषि, पर्यटन, टेक्सटाइललगायत क्षेत्रमा महिलाको लागि व्यापार अवसर कसरी सिर्जना गर्ने भन्ने विषयमा छलफल गरियो। नेपाली महिला उद्यमीले भारतमा कृषि र फिलिपिन्समा कफीमा त्यहाँका महिला उद्यमीसँग सहकार्य गरेर अगाडि बढ्ने भएका छन्। यसका लागि यी दुवै देशका महिला निकट भविष्यमै नेपाल आएर स्थलगत अनुगमन गरी यसको सम्भावना अध्ययन गर्ने भएका छन्।

त्यसैगरी चीनमा पुष्प व्यवसाय र पर्यटनका क्षेत्रमा सहकार्य गरी अगाडि बढ्ने सहमति भएको छ भने कम्बोडियामा भने टेक्सटायल उद्योगमा मिलेर काम गर्ने मौखिक सहमति सम्मेलनमा महिला उद्यमीले गरेका छन्। सम्मेलनमा १७ देशका ८० भन्दा बढी महिला उद्यमी सहभागी थिए।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one