advertiesment

मुटुसम्बन्धी रोगबाट कसरी बच्ने ?

heart_wbjl

मुटुलाई माया प्रेमसँग पनि गाँस्ने गरिन्छ । बाँच्नुको सार्थकता मुटुको जीवन्ततामा छ । ब्रेन डेथ अर्थात् मस्तिष्क मृत्यु भएका कतिपय व्यक्तिलाई मृत घोषित नगरिएका उदाहरण पनि छन् । यसले मुटु र जीवन बीचको अन्योन्याश्रित सम्बन्ध प्रष्ट पार्छ। मुटु अचम्मको मानविय अंग हो । स्वस्थ वयस्क मानिसको मुटु प्रत्येक दिन १ लाख १५ हजार २ सय पटक धड्किन्छ। आँखाको नानीमा बाहेक मानव शरीरका खर्बौं कोषमा रगत पु-याइरहेको हुन्छ । रमाइलो पक्ष के छ भने पुरुषको भन्दा महिलामा १० प्रतिशत छिटो मुटु धड्किन्छ । हामी सुत्ने बेला मुटुको धड्कन अलि कम हुन्छ।

हरेक वर्ष अंग्रेजी महिना सेप्टेम्बर २९ तारिखका दिन विभिन्न कार्यक्रम गरी विश्व मुटु दिवस मनाइन्छ । समाजमा मुटुको स्वास्थ्यबारे जनचेतना बढाउने हेतुले यो दिवस मनाउन थालिएको हो । यसै क्रममा यसपटक ‘मुटु मैत्री वातावरणको सिर्जना’ नाराका साथ आज विश्वभर मुटु रोग दिवस मनाईंदैछ।

विश्व स्वास्थ्य संगठन भन्छ– यदि बेलैमा मुटु रोगबारे सचेतना बढाइएन भने सन् २०२० सम्ममा मुटुको समस्या महामारीका रूपमा फैलिने छ। 

विश्व स्वास्थ्य संगठन भन्छ– यदि बेलैमा मुटु रोगबारे सचेतना बढाइएन भने सन् २०२० सम्ममा मुटुको समस्या महामारीका रूपमा पैmलिने छ । त्यसो त जन्मजात रूपमा देखापर्ने, बाथज्वरोका कारण हुने तथा मुटुमा रगत प्रवाह गर्ने रक्तनलीमा खराबी उत्पन्न भएर हुने गरी मुटुका समस्या तीन थरिका हुन्छन् । पहिलो प्रकारका लागि तत्कालै हामीले केही गर्न सक्ने अवस्था छैन भने दोस्रो प्रकारका लागि समयमै रोग (बाथज्वरो) पत्ता लगाई नियमित रूपमा बेन्जाथिन सुई लिएको खण्डमा मुटुमा पर्न जाने असरलाई कम गर्न सकिन्छ।

तर अति धूमपान तथा मद्यपान, अनियन्त्रित रक्तचाप (ब्लडप्रेसर) तथा मधुमेह (चिनी रोग), व्यायामको कमी, मानसिक चिन्ता वृद्धि (तनावग्रस्त जीवनशैली) एवं धेरै मात्रामा तारेका, भुटेका, पोलेका खानेकुरा खाने, जंक फुड, चिल्लो तथा गुलियो पदार्थको सेवनले युवा उमेरमै मुटुमा पछिल्लो प्रकारको समस्याले पिरोल्न थालेको छ । सुरुमा ग्यास्ट्रिककै लक्षण चिह्नसँग कन्फ्युज (भ्रम) हुने गरी शिकायत लिई आउँछन् । रोग पहिचानमा अलिकति पनि तलमाथि भयो भने बिरामी र उनको परिवारले ठूलो क्षति (आर्थिक, मानवीय) व्यहोर्नुपर्ने हुन्छ।

सन् २०१२ को मे महिनामा सम्पन्न ६५औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी १९४ राष्ट्रले मुटु तथा रक्तसञ्चार, मधुमेह, क्यान्सर, जीर्ण खालका श्वासप्रश्वास सम्बन्धी लगायत नसर्ने रोगका कारण हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने प्रतिबद्धता जाहेर गरेका थिए । यी नसर्ने खालका रोगहरूका कारण बर्सेनि करिब साढे तीन करोड मानिसको मृत्यु हुने गरेको छ । यसमध्ये आधाजसोको मृत्यु हृदयघात अनि मुटुको रोगकै कारण हुने मस्तिष्कघातले हुन्छ।

गत वर्ष विश्व मुटु दिवसका अवसरमा विश्व मुटु फेडेरेसनले बहुराष्ट्र स्तरमा एक सर्वेक्षण गरेको थियो । सर्वेक्षणको नजिता मुटु हल्लाउने खालकै थियो । सर्वेक्षणमा सहभागी आधाभन्दा बढीले मुटु तथा रक्तसञ्चारको समस्या जीवनशैलीजन्य समस्या भएका कारण मुख्यतः वृद्ध, धनीमानी एवं पुरुषलाई मात्र लाग्छ र मुटुको हेरचाह ३० वर्ष उमेरपछि मात्र गर्नुपर्ने विश्वास गर्दा रहेछन्।

यसैकारण विश्व मुटु दिवसका अवसरमा बाल्यावस्थादेखि नै मुटुमैत्री स्वस्थ्य जीवन अपनाउन अपिल गर्नुपर्ने भएको छ । भविष्यमा मुटु तथा मस्तिष्कघातमा पर्ने भावी प्रभाव घटाउनु पर्ने बेला आएको छ । पुरुषजत्तिकै महिला पनि जोखिममा छन् भने बालबालिकाहरू पनि मुटु तथा रक्तसञ्चार सम्बन्धी समस्याका हिसाबले उत्तिकै संवेदनशील छन् । कतिपय विकसित देशमा एक तिहाइ महिला मृत्युको प्रमुख कारण मुटुसम्बन्धी रोग नै पाइएको छ । तसर्थ अस्वस्थ खानपान, धूमपान, मद्यपानजस्ता जोखिमपूर्ण क्रियाकलाप घटाउनुपर्ने बेला आएको छ । र, नियमित व्यायाममा ध्यान दिनुपर्ने भएको छ।

मुटु कसरी स्वस्थ्य राख्न सकिन्छ ?
शारीरिक रूपले सक्रिय जीवनयापन गर्नुपर्छ । शरीरको उचाइअनुसार तौल सन्तुलनमा राख्नुपर्छ । बेलाबेलामा ब्लडप्रेसर तथा मुटुको धड्कन साथै रगतमा कोलेस्टेरोल, सुगर, क्रियटिनको जाँच गराउनु पर्छ । आवश्यक परेमा इसिजी, त्यसपछि समस्या हेरेर इकोकार्डियोग्राफी, हल्टर, ट्रेड मिल टेस्ट एवं एम्बुलेटरी ब्लड प्रेसर पनि जाँच गर्नुपर्ने हुन्छ।

हृदय रोग र कोलेस्टेरोलको सम्बन्ध
हृदय रोगबाट मृत्यु हुनाको मुख्य कारण शरीरमा कोलेस्टेरोलको मात्रा बढ्नाले हो भने रगतमा कोलेस्टेरोल बढ्नाको मुख्य कारण असंतृप्तभन्दा संतृप्त खालको बोसो वृद्धिले गर्दा हो । मुटुका लागि हानिकारक मानिने संतृप्त बोसो पशुका मासु, दुग्ध पदार्थ, चिप्स तथा प्रशोधित खानेकुरामा हुन्छ । यी खाद्य पदार्थले रगतमा कम घनत्व हुने नराम्रा प्रकारका कोलेस्टेरोल बढाउँछन्।

खासमा ट्राइग्लाइसेराइड र कोलेस्टेरोल दुवै चिल्लो पदार्थ हुन् । लिपोप्रोटिनको मद्दतले यी दुवै तत्व रक्तसञ्चार प्रणालीमा यताउति प्रवाह भइरहेको हुन्छ । त्यसो त शरीरमा राम्रा खालका (हाइडेन्सिटी लिपोप्रोटिन/एचडिएल) र नराम्रा खालका (लो डेन्सिटी लिपोप्रोटिन) गरी दुई किसिमका लिपोप्रोटिन हुन्छन् । ट्राइग्लाइसेराइड र कोलेस्टेरोलको मात्रा उच्च हुँदा मुटु र रक्तसञ्चार सम्बन्धी समस्या निम्तिन्छ । ट्राइग्लाइसेराइड र कोलेस्टेरोलले शरीरभित्र गर्ने काम फरक–फरक हुन्छन् । ट्राइग्लाइसेराइड टुक्रिँंदा ऊर्जा प्राप्त हुन्छ भने कोलेस्टेरोल चाहिँ शरीरका कोष तथा कतिपय हर्मोनको निर्माणमा प्रयोग हुन्छ । त्यसैले पनि कोलेस्टेरोललाई शरीर भित्रको बिल्डर (निर्माणकर्ता) मानिन्छ।

ट्राइग्लाइसेराइड र कोलेस्टेरोल दुवै, शरीरभित्रै निर्माण हुने हुन् । तर, शरीरले आफूलाई चाहिनेभन्दा बढ्ता कोलेस्टेरोल उत्पादन गरिरहेको हुन्छ भने ट्राइग्लाइसेराइड उत्पादनचाहिँ हामीले खाने खानामा निर्भर हुन्छ । कलेजोले ग्लुकोज र फ्याटी एसिडबाट ट्राइग्लाइसेराइड बनाउँछ । ट्राइग्लाइसेराइड अधिक भएपछि कलेजो वा मांसपेशीभित्र जम्मा हुन थाल्छ । जब शरीरलाई ऊर्जा (शक्ति) को आवश्यकता पर्न थाल्छ तब सञ्चित ट्राइग्लाइसेराइड टुक्रिन थाल्छ।

यता कोलेस्टेरोलले चाहिँ सेक्स हर्मोन निर्माण गर्न मद्दत गर्छ । इस्ट्रोजेन र प्रोजेस्टेरोन सेक्स हर्मोन बालिकाबाट किशोरी अनि युवतीमा विकसित गर्न तथा सामान्य महिनावारी, गर्भधारण तथा प्रसवका लागि पनि निकै महत्वपूर्ण र आवश्यक मानिन्छन् । त्यसैगरी कोलेस्टेरोलले पुरुषमा शुक्रकिट र टेस्टोस्टेरोन उत्पादनमा मद्दत गर्दछ । यसबाहेक महिला, पुरुष दुवैमा शारीरिक तथा यौनांग विकास, काखी तथा जननेन्द्रिय वरिपरि रौं पलाउने, स्तन बढ्ने, नितम्ब तथा जीउमा बोसो लाग्नेलगायत सबै कार्यमा कोलेस्टरोलबाट बनेको सेक्स हर्मोनको महत्वपूर्ण भूमिका हुन्छ।

कोलस्टेरोलले स्ट्रेस हर्मोन (कर्टिसोल) निर्माणका साथै भिटामिन डि एवं पित्त बन्न सघाउँछ । पित्तले चिल्लो पचाउन र शरीरमा निर्माण नहुने खालका भिटामिन ए डी, ई र के सोसेर लिन मद्दत गर्छ । उच्च कोलेस्टेरोलले प्रत्यक्षतः हृदयघात गराउन सक्ने भए पनि उच्च मात्राको ट्राइग्लाइसेराइड पनि उत्तिकै खतरनाक हुन्छ । किनकि हृदयघातको कारक तत्व मानिने ट्राइग्लाइसेराइड मोटोपना, मधुमेह र उच्च रक्तचाप हुने व्यक्तिमै बढी मात्रामा पाइएको छ।

कोलेस्टरोल आपैmमा रोग होइन तर अन्य घातक स्वास्थ्य समस्याका महत्वपूर्ण कारक तत्व भने हो । त्यसो भएर आफ्नो खानपान, बानीव्यहोरा अनुसार नियमित रूपमा रगतमा कोलेस्टेरोलको मात्रा जँचाइराख्नु नै बुद्धिमानी हुन्छ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one