advertiesment

मेयर उम्मेद्वारी नरेन्द्र भट्टराई (एन बी अन्जान) को राजनीति दलहरुबारे दृष्टिकोण

19060089_1485768071475584_7291200141468626396_n

नेपाल लोकतान्त्रिक फोरमबाट पाँचथरको फिदिम नगरपालिकामा मेयरको पदमा उम्मेद्वारी दिएका नरेन्द्र भट्टराई (एन बी अन्जान) को
राजनीति दलहरुबारे दृष्टिकोण

उम्मेद्वारी किन ?

संघिय लोकतन्त्रको लागि, पहिचान र सामथ्र्यमा आधारित अधिकार सम्पन्न संघियताको लागि, समानुपातिक समावेशी लोकतन्त्रको लागि, स्वसासनका लागि, बहुभाषिक नीतिका लागि, आर्थिक तथा सामाजिक सांस्कृतिक क्रान्तिका लागि, बिकास र भ्रष्टाचारमुक्त शासन प्रशासनको लागि र सबै किसिमका विभेद् र उत्पीडनको अन्त्य गर्दै न्याय र समानतामा आधारित समृद्घ समुन्नत समाज निमार्णको लागि फिदिम नगरपालिकालाई नमुना नगर बनाई समृद्घ र सुन्दर बनाउनको लागि ।

दृष्टिकोण

नेपाली कांग्रेस बारे

नेपाली राजनीतिको पुरानो पार्टी भएको कारण आफूलाई एकमात्र सच्चा प्रजातन्त्रवादी भनी स्वघोषणा गरे पनि नीतिमा कहिल्यै स्पष्टता र स्थिरता आएन । जहिले पनि द्घैध र ढुलमुले चरित्र प्रर्दशन गरि आएको छ जसले गर्दा नेपाली राजनीति जहिले पनि अस्थिर र अन्यौल रहने गरेको छ । स्थानिय निकायमा धेरै ठाँउमा जिते पनि जनताले चाहे र आशा गरे अनुसार काम गर्न कहिल्यै सकेन । मुलुकलाई अपेक्षाकृत विकासको बाटोमा अघि बढाउन सकेन र भ्रष्टचारलाई बढावा दियो । गरिबको पार्टी कहिल्यै बनेन र बन्न पनि चाहेन । आदिबासी जनजाति, महिला, दलित, थारु, मधेसी, मुस्लिम, पिछडावर्गको उत्थानको लागि कुनै नीति कार्यक्रम ल्याउन चाहेन न चाहना छ । यहि पार्टीका नेताहरुले नीजिकरण र आर्थिक उदारीकरणको नाममा कागज, कपडा, छाला, जुत्ता, चुरोट आदि सरकारी उध्योग बेचे तर रोजगारी श्रृजना गर्ने उत्पादनमूलक एउटा पनि उध्योग स्थापना गर्न सकेनन् । २०४६ सालको राजनैतिक परिवर्तन पछिको २८ बर्षको अवधिमा अधिकांश समय सत्तामा रहेर मुलुक र नेपाली नागरिकको लागि विकास निर्माण र शासन प्रशासनमा उल्लेख्य प्रगति ल्याउन सकेन, बरु उल्टै माओवादी बिद्रोहको सुत्रपात भयो आदिवासी जनजाती, मधेशी, थारु, महिला, दलित, मुस्लिम लगायतले सडक आन्दोलन गर्नुपर्ने स्थिति श्रृजना भयो । अब पनि त्यहि पार्टी देशमा अगाडि आयो भने न देशमा अपेच्छित विकास हुन्छ, न राज्य संयन्त्र भष्टाचारमुक्त हुन्छ, न समाज शोषणबाट मुक्त हुन्छ ,

नेकपा एमाले बारे

अहिलेको केन्द्रीय राजनितीमा सवैभन्दा वढी अनुदार र यथास्थितीवादी छ । चर्को रुपमा संघीयता, समानुपातिक समावेशिको विरुद्धमा खनिएको छ । तराई मधेस र पहाडको विचमा विभाजन ल्याउन खोज्ने र मुलुकमा राजनैतिक, जातिय र भौगोलिक द्धन्द्ध चर्काउने पार्टीको रुपमा अघि आएको छ । संविधान संसोधनको विरुद्धमा र नेपाली जनताको पहिचान र अधिकारको विरुद्धमा छ । विगतको निर्वाचनमा जित हाँसिल गरेको छेत्रमा पनि कुनै उल्देखनिय काम गर्न सकेन जता ततै वजेट फ्रीज, संस्थागत भ्रस्टाचार र चुवावट लाई वढवा दिएको यसै गरि विकाश निर्माण अदालत, निजामति सेवा र प्रहरी प्रशासनमा दलगत राजनैतिक प्रवेश गराई सरकारी संयन्त्र लाई अस्थिर वनाईदिएको छ । त्यसैगरि नक्कली लोडसेटीङ्ग गराई सोल्लार पावर लगायतका वैकल्पिक उर्जाको कम्पनी र विधुत् प्राधिकरण वाट अर्वै कमिसन कुम्याउने प्रविृतिको संरक्षक र योजनाकार यी नै दलको छत्र छहारीमा भएको देखिन्छ । अब पनि त्यहि पार्टी देशमा अगाडि आयो भने न यो नयाँ संविधान कार्यन्वयन हुन्छ न मुलुममा सामुदायीक क्षेत्रिय र जातिय सद्भाव कायम रहन्छ केवल द्धन्दले प्रश्रय पाउछ ।

नेकपा माओवादी (केन्द्र) वारे

जनयुद्धकालमा यो पार्टी ले परिवर्तनको लागी ऐतिहाँसिक भुमिका खेलेको दावी गरेपनी गरिव जनता जहाँको त्यहि रहे चार शिर्ष नेतृवको व्यक्तिगत स्वार्थमा पार्टीलाई चिरा चिरा पारेर हजारौ सहिदको वलिदानी लाई धुलोमा मिलाएका छन् । करिव १७ हजार नेपालीको रगत र पसिनाको सिडी उक्लेर सरकारी उच्च ओहदामा पुगी सक्ता र भक्ताको स्वाद चाखेर विपन्न जनताको मानवअधिकारको टाउकोमा चढी हथौडा हिर्काउदै छन् गरिवहरुको काँधमा चढेर ढाडमा वर्ज मुक्का प्रहार गर्दै छन् र आम नेपालीको काँधमा वन्दुक राखेर जताततै पड्काउदै छन् । जन विद्रोहमा साथ र समर्थन गर्ने गरिव जनताको पक्षमा केहि पनी गर्न नसकेको व्यपक जनगुनासो रहेको छ । पछिल्लो चरणमा आएर यस पार्टीको कुनै स्पस्ट सिद्धान्त र दृष्टिकोण पाईदैन । माओवाद र साम्यवादले पुँजिवादको मन्द विस्पान गरिसेको छ । दृत गतिमा यो पार्टी एमालेकरण भईरहेको छ । यो पार्टीको नेत्रित्व चरम ढुलमुले देखीएको छ कतिवेला के वोल्ने, के सोच्ने र के गर्ने त्यसको आँकल पनि गर्न गारो छ तसर्थ अब पनि त्यहि पार्टी देशमा अगाडि आयो भने न देशमा विकाश हुन सक्छ न समाज समृद्द वन्न सक्छ ।

राप्रपा वारे

यो पार्टी विचार र एजेन्डाको हिसाव ले अनुदार वादि र यथास्थितीवादी छ वद्लिदो परिवेशमा जनताको पक्षमा आफुलाई रुपान्तरण गर्न असमर्थ देखिन्छ परिवर्तको एजेन्डाहरुलाई आत्मसाथ र स्वीकार गर्न नसकेको यो पार्टी अघि आयो भने न आदिवासी जनजाती, थारु, मधेशी, दलित, महिला, मुस्लिम, पिछडा वर्गको न उत्थान हुन्छ न देश राज्य सम्यन्त्र भ्रस्टचार मुक्त्त हुन्छ ।

नेपाल लोकतान्त्रिक फोरम

राष्ट्रिय राजनितीमा नेपाल लोकतान्त्रिक फोरमको एउटा विशिष्ट पहिचान र स्थान स्थापित छ । हरेक किसिमका अतिवाद र यथास्थितीवादको विरुद्ध उभिएको परिवर्तको एजेन्डा वोकेको एउटा मध्यमार्गी पार्टीको रुपमा राष्ट्रिय राजनितीमा स्थापित छ । सम्पुर्ण देश र जनतालाई एक जुट गर्न सक्ने र परिवर्तनलाई स्थागत गर्न सक्ने पहिचान वनाउन सफल रहेको छ । न यस पार्टी ले १६ वुँदे सहमति गरेर गल्ति गर्यौ न संविधानमा हस्ताक्षर नगरेर । देशमा वर्गीय जातिय क्षेत्रिय लिंगीय भाषीक सास्कृतीक आदि विभिन्न किसिमका विभेद र उत्पीडनमा पारिएका नेपाली नागरिकलाई उनिहरुको पहिचान आत्म सम्मान न्याय अधिकार र विकाश दिलाई देशलाई एक ढिक्का वनाएर विकशित र समृद्ध वनाउन चाहान्छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one