advertiesment

मोडल तथा रेडियोकर्मी राधिका फिक्कामा जम्दै

bbbb

म्यूजिक भिडियो तथा बिभिन्न बिज्ञापनहरुमा मोडलिङ गर्दै आएकी राधिकाले छ बर्ष अगाडी नेपाल टेलिभिजनबाट प्रशारित् आफन्त टेलिसिरियलबाट अभिनय सुरु गरेकी हुन । स्टार, महसुश, कुर्बान जस्ता ठुलो पर्दाका चलचित्रहरुमा समेत अभिनय गरिसकेकी राधिका घिमिरे अब जनक खड्का द्वारा निर्देशित चलचित्र फिक्कामा नायिकाको भूमिकामा आउने भएकी छिन । जुन चलचित्र फिक्काको निर्माता भने निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ रहेको कुरा निर्देशक जनक खड्काले बताउनु भयो । उक्त चलचित्रमा राधिका घिमिरे लगायत एन आर एन अजय सुनार, सर्मिला नेपाल, दुर्गाराज पाण्डे, इस्वरी बराल, माक्टेन कालु, पैसा घिमिरे लगायत कलाकारहरुले अभिनय गरेकाछन । उक्त चलचित्रमा राधिकाको भूमिका भने पृथक रहने कुरा उक्त चलचित्रका क्रिएटिभ निर्देशक एन बि अन्जानले बताउनु भयो । उक्त चलचित्र फिक्काको छायान्कन सन्तोष सुनारले गरेका हुन । संगीत नारायण राइ र अनुप रसाइलिको रहेको छ भने नृत्य हिरा चौधरिको रहेको छ । राधिकाले रङमन्चमा बिभिन्न नाटकहरुमा समेत अभिनय गरिसकेकी छिन स्मरण रहोश बद्री अधिकारी द्वारा निर्देशित नाटक यज्ञवल्क्यमा अभिनयकै क्रममा बिष्णुभक्त फुयाल (यमाइलभ) को राधिकाकै काखमा निधन भएको हो । उक्त नाटकमा रानीको भूमिकामा राधिकाले अभिनय गरेकी थीइन ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one