advertiesment

मोफसलको नाटकमै उर्लिए दर्शक

jite

जिते लिम्वु फ्यालेको झन्डा टिपेर फिदिमको गणतन्त्र चोकमा निस्कियो । जितेलाई देखेर नजिकै रहेका दर्शकहरु नाक छोप्दै थिए कसैले अनुहार अर्कातर्फ फर्काउदै थिए । नजिकै रहेको चटपटे पसलेले भने जितेलाई जिस्क्याउदै उसको जिवनका अन्र्तररङ्गहरु सोधिरहेको थियो । २७ वर्ष सम्म फिदिममा अरुको भारी वोकेर ईमान्दार श्रमिकको रुपमा नाम कमाएको जित वहादुर ताहावाङ् अर्थात जिते त्यहि फिदिमकै मगर्नीको भट्टी पसलमा भने हरेक साँझ तुङ्वा र वंगुरको मासु खान पुग्छ । फिदिममा कसैको वाँकी नखाने जितेको भने धेरैले झुक्याएर पैसा चलाईदिए र कहिल्यै फिर्ता पनि दिएनन् । जितेका दिनहरु यसरी नै वितिरहँदा कहिले काँहि विपत्तिमा भने धेरै नै समस्या पर्छ । पानी पर्दा रात भरी निथरुक्क भिज्दै जरोले लुग लुग कामेको जितेलाई एक ग्लास चिया समेत कसैले दिदैन वरु उल्टै लुट्नको लागि हरेक प्रपञ्च रचिन्छ । वरु फिदिममै मागी खाने “माईली” ले भने आफुले मागेर खाँदै गरेको विस्कुट जितेलाई दिन्छे र जितेको भिजेको सिरकको खोल निकालेर आफ्नु टाउकोमा वाँधेको मजेत्रो ओडाईदिन्छे । यति वेला सम्म दर्शकका आँखा रसाईसकेका हुन्छन् । स्वास दवाएर एकोहोरो भएर हेरिरहेका हुन्छन् ।

यो हाम्रो थिएटर नेपाल पाँचथरको आयोजनामा फिदिमको जिल्ला समन्वय समितीमा देखाईएको नाटकको एक अंस हो । हाम्रो थिएटर नेपाल पाँचथरका कलाकारहरुको प्रस्तुति रहेको नाटक “जीत्या पार्क” पाँचथर नांगीन ९ छापेमा जन्मिएको जितवहादुर तावाहाङ्गको जिवनमा घटेका वास्तविक घटनाहरुलाई कथावस्तु वनाएर मञ्चन गरिएको हो । आफुले विहे गरेको श्रीमती अरुले नै लगिदिएपछी साथै आमा वुवा पनि मरे पश्चात र २०४५ सालको भुकम्पले घर पनि भत्काएपछी विरत्तिएर फिदिम वसोवास गरी फिदिमका मानिसहरुको दैनिक रुपमा भारी भोकी जिविकोपार्जन गर्ने जितेको सुख र दुखमा दुवै पाटोलाई नाटकमा दृश्यांकन गरिएको हो । जिल्ला समन्वय समितीको अगाडी रकेको जमिनमा विपी पार्क वनाउने या ईमान्सीङ्ग पार्क वनाउने भन्ने विवादलाई समेत प्रस्ट रुपमा नाटकमा देखाउन खोजिएको थियो साथै सरकारी जग्गालाई राजनैतिक करण गरी अतिक्रमण गर्ने गरेको विषय पनि नाटकमा जोडतोडको साथ उठाईएको थियो ।

सागर केरुङ्गको लेखन तथा नवीन ढुंगेल र राज दिलान्जलीको निर्देशनमा तयार पारिएको “जीत्या पार्क”को पहिलो दिनमा नै जिल्ला समन्वय समितिको सभाहलमा दर्शकको घुईचो वढेपछी धेरै दर्शकहरु हाउस फुल भएर अधिकांश दर्शक फिर्नु परेको थियो । नाटकको हरेक दृश्यहरुमा दर्शकहरुको तालीले गर्दा नाटककलाई झनै सोभा वढाईरहेको थियो । “यस नाटकमा दर्शकको माया पाएको देख्दा मोफलसलमा पनि नाटकको सम्भावना रहेको वताउनुहुन्छ हाम्रो थिएटर नेपाल पाँचथरका अध्यक्ष एन.वी.अन्जान” । नाटकमा डि.आर हाङसरुम्वा, एन.वि. अन्जान, कुमार ढकाल, कमल घिमिरे, मधु केरुङ्ग, ,सुनिता जवेगु, आर्दश आङ्ेम्वेदे, संर्घष खतिवडा, शंकर आत्मा, मनिसा प्याकुरेल, एलिजा तुम्वापो, सुनिता न्यौपाने, दिपक खनाल, अञ्जु आङ्देम्वे, महेन्द्र लिम्वू लगायत अन्य वालकलाकारहरु रहेका थिए । नाटक २७ गते एक पटक मञ्चन भएसंगै दर्शकहरुको माग वढेपछी २८ गते “जीत्या पार्क” २ सो र राष्ट्रिय नाटक महोत्सवमा मञ्चित प्रेम ओझाको लेखन तथा निर्देशन गरिएको नाटक “उज्यालो पाईला” पनि मञ्चन भएको नाटकका निर्देशक नवीन ढुंगेलले वताउनु भयो ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one