advertiesment

मोरङ व्यापार संघमा पदाधिकारी पदस्थापन

morang-sang-5915469f47a290.33356843

विराटनगर : सांसद पवनकुमार शारडाले मोरङ व्यापार संघको दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्नुभएको छ । शारडासहित निर्वाचित कार्यकारिणी सदस्यबाट चयन भएका पदाधिकारीलाई बिहीबार पदस्थापन गराइएको हो । गत आइतबारसम्पन्न निर्वाचनबाट शारडासहितको समूह बहुमतले विजयी भएको थियो ।

संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, वाणिज्यतर्फको उपाध्यक्षमा सुनिलकुमार जोशी, उद्योगतर्फको उपाध्यक्ष सुनिलकुमार टिवडेवाल, महासचिव नविन रिजाल, सचिव अनिलकुमार शाह, प्रवक्तामा विकासकुमार बेगवानी र कार्यकारी सदस्यमा अनुपम राठी, अनिल शारडा, दिपेश सुवेदी, पवन राठी, देवाशिष गोल्छा, ललित बोहरा, मुकेशकुमार राठी, पीयूष तोदी, मनिषकुमार मारु, राजन श्रेष्ठ, सुनिलकुमार बिड्ला र ओमप्रकाश श्रेष्ठ छन् ।
पदभार ग्रहण गर्दै संघका अध्यक्ष शारडाले विराटनगरको समग्र विकास तथा आर्थिक गतिविधि समेटिएको १८ बुदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । शारडाले यसअघि उद्योगी व्यवसायीको तर्फबाट सरकारलाई दिइएको १३ बुँदे विकास कार्ययोजनासहितको घोषणापत्र कार्यान्वयनका लागि पहल गर्नेमा बताउनुभएको छ ।

पदभार ग्रहण गर्दै शारडाले भन्नुभयो, ‘विशेष आर्थिक क्षेत्र, विराटनगर महानगरपालिका, चक्रपथ, एकीकृत भन्सार चेक पोस्ट, औद्योगिक प्रदर्शनीस्थल हाम्रा प्राथमिकता हुन् । त्यसलाई पूरा गर्न मेरो कार्यकालमा सदैव प्रयासरत हुनेछु ।’ समग्र विकास समेटिएको विशेष आर्थिक क्षेत्रमा विराटनगरलाई महानगर बनाउनेदेखि विशेष आर्थिक क्षेत्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै शारडाले यस क्षेत्रमा आर्थिक समृद्धि ल्याउन सक्दो पहल गर्ने बताउनुभयो ।

प्रतिबद्धतापत्र सर्वजनिक गर्दै शारडाले संस्थालाई माथि ल्याउन विभाजित भएर होइन, एक ढिक्का भएर अघि बढ्नु पर्ने र नेतृत्व छान्न अपनाइने प्रजातान्त्रिक शैलीलाई सबैले आत्मासाथ गर्नु पर्नेमा जोड दिनुभयो ।

शारडाले स्थानीय निकायसँग सुमधुर सम्बन्ध बनाइने, पूर्वाञ्चललगायत देशभरिका वाणिज्य संघसँग सम्बन्ध स्थापित गर्ने, व्यावसायिक एकतामा जोड दिइने, ऊर्जामा थप सुधार गर्न सम्बन्धित निकायमा पहल गर्ने, अन्तर्राष्ट्रिय चेम्बरसँग समन्वय गरी संघको पहिचान बढाउँदै सम्बन्धन कायम गर्ने, पूर्वअध्यक्षहरूको सल्लाहकार समिति बनाइने, एक गाउँ एक उत्पादनअन्तर्गत माछा छनोट कार्यक्रम चलिरहेको अवस्थामा कृषिजन्य वस्तुको पहिचान गरी एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालन गर्न पहल गर्ने, संघको सचिवालयलाई अझ सुदृढ गर्नेलगायत कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनासँगै २००८ सालमा मोरङ व्यापार संघको स्थापना भएको हो । संघ नेपालकै जेठो र नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक उद्योग वाणिज्य संघ हो । संघ ३१ औं साधारणसभासम्म आइपुग्दा संघमा २४ जना अध्यक्षले नेतृत्व सम्हालीसकेका छन् । संघमा मदनलाल अग्रवाल तीन, तोलाराम दुगड दुई र जीवनकुमार नेपाल दुई पटक अध्यक्ष भइसक्नुभएको छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one