advertiesment

यथार्थ कथामा बन्ने भो चलचित्र ‘राधिका’

hhhhhhh

नेपाली चलचित्रहरु बन्ने होडबाजिको क्रममा एउटा छुट्टै कथा र छुट्टै परिवेशलाई समेटेको यथार्थ परक चलचित्र ‘राधिका’ बन्ने भएको छ । राधिका घिमिरेको कथामा आधारित चलचित्र राधिका बन्ने पक्का भएको निर्माण श्रोतले जनाएको छ । युजेश फिल्मको ब्यानरमा निर्माण हुने उक्त चलचित्र राधिकामा यस समाजको यथार्थ चित्रण दर्साउदै राधिका घिमिरे नै मुख्य भूमिकामा देखा पर्ने भएकी छिन ।

महिला माथि परिवार र समाजले हेर्ने दिष्टिकोण माथि यथार्थ रुपमा रहेको कथा उनै राधिकाको जीवनको उतरचडाबमा घुमेको निर्माण पक्षले जनाएको छ । यस चलचित्रको कथा लेखन सकिएको, अन्य कामहरु भैरहेको र अब छिटै नै फ्लोरमा जाने निर्माण युनिट्का एक निर्माता शुलभ घिमिरेले बताए । अहिले भने चलचित्रको कलाकारहरुको छनौट भैरहेको पनि जानकारी निर्माण पक्षले जनाएको छ ।

राधिका घिमिरेले विगत १२ बर्ष अघिबाट रङमन्च हुँदै अभिनय क्षेत्रमा पाईला टेकेकी हुन । आफन्त टेलिसिरियलबाट पर्दामा देखा परेकी राधिका साना तथा ठुला पर्दाका करीब २ दर्जन जती चलचित्रमा अभिनय गरी सकेकी छन ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one