advertiesment

यसरी फस्टायो बाख्रापालन

goat_dadeldhura-593781215b7144.91331097

डडेल्धुरा : पछिल्लो समय जिल्लाका अधिकांश कृषक बाख्रापालनतर्फ आकर्षित भएका छन् । कतिपय युवा बाख्रापालनका लागि सामूहिक रूपमा एक जुट भई समूह र सामुदायिक संस्था नै दर्ता गरेर बाख्रापालनतर्फ उन्मुख भएका हुन् । जिल्लामा १८ सय परिवारले बाख्रापालन गरी आयआर्जन गरिरहेको र यसमा महिला र उमेर ढल्केका बुढाबुढी संख्या धेरै रहेको गरिबी निवारणकी सामाजिक परिचालक माया ऐरको भनाइ छ।

बाख्रापालनका लागि त्यति मेहनत पनि नचाहिने र सजिलै गर्न सकिने भएकाले यसतर्फ किसान आकर्षित भएको आलितालका मदन रोकायाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘म लगायत सामुदायिक संस्थामा आबद्ध ४८ परिवारले केही दिनदेखि बाख्रापालन गरेर परिवारको लालनपालन गर्दै आएको छौं । वार्षिक ५० देखि ७० हजारका खसीबोका बेचेरै आम्दानी गर्ने गर्छैाँ । बहुउद्देश्यीय विकास समाजबाट पहिले समूह गठन गर्न आउँदा हामी पत्याएका थिएनौ र सरकारको पैसा हो, तिर्नु पर्दैन भन्ने सोचले संगठित भएका थियौं । तर, पछि आएर हामीलाई विभिन्न किसिमका तालिम दिएपछि घुम्ती कोषको रकमबाट बाख्रा किनेर बाख्रा पालन गर्‍यौं, हामी एक जुट भयौं र बाख्रापालनलाई व्यावसायिक रूपमा अगाडि बढायौं ।’

अहिले हाम्रो सम्पूर्ण समस्याको जोहो गर्न सजिलो भएको टेक रोकायाको भनाइ छ । वर्षभरिको खर्च जोहो गर्न हामीले दुईवटा खसी बेचे पुग्छ, नातीनातीनाको पढाइ खर्चसमेत जुटाउने पाटो बाख्रापालन बनेको मोहन रोकायाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘छोरा भारततिर छ, मैले बाख्रापालन गरेर घरखर्च धानिरहेको छु । हामी बुढापाकालाई समय व्यतित गर्ने सजिलो माध्यम पनि बनेको छ ।’

जिल्लाभर १८ सय घरपरिवारले बाख्रापालन गरिरहेको भए पनि झन्डै ५० प्रतिशत परिवार आलितालमा मात्र रहेको गरिबी निवारणका कार्यक्रम संयोजक शान्ति ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न परिवारको आर्थिक रूपमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेका थियांै । सन्तोषी सामुदायिक संस्थामात्र नभएर अन्य ४७ वटा समूह सबै बाख्रापालनमार्फत आकर्षित भएको संयोजक ऐरको भनाइ छ ।

गरिबी निवारण कार्यक्रमबाट एकल महिलालाई आयआर्जनको पाटो बनोस् भनेर पछिल्लो समय महिलालाई प्राथमिकतामा राखेको कार्यकारी निर्देशक प्रेमबहादुर महरले बताउनुभयो । अति विपन्न परिवारलाई छनोट गरेर तीनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले जिल्लाका भद्रपर, समैजी, चिपुर, अजयमेरु, आलिताल र अमरगढी नगरपालिकामा कार्यक्रम सञ्चालन गरेको र यसले कृषकलाई राहत पुर्‍याएको कार्यकारी निर्देशक महर बताउनुहुन्छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one