advertiesment

”रतुवामाई नगरलाई नमुना नगर वनाउने योजना मसँग छ ” दामोदर गैरापिप्ली

Damodar 1

लामो समयपछि स्थानिय निकायको निर्वाचन हुँदा आम नागरिकमा खुशीको वर्षा भैरहेको छ । २० वर्ष पछि स्थानिय निकायको निर्वाचन हुनुले पनि अम नागरिकमा खुशी वढ्नु स्वाभाविक हो । १० वर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलन, हिमाल, पहाड र तराइृका विभिन्न आन्दोलनको जगमा संविधानसभा निर्वाचन हुदै नयाँ संविधान वनेपछि पहिलो पटक मुलुकमा संघीय संरचना अनुसार स्थानिय निकायको निर्वाचन भएको हो । काँग्रेस, माओवादीको गठवन्धनमा वनेको यो सरकारले एकै चरणमा निर्वाचन गर्ने सोच नवनाएको हैन । तर, संविधान संशोधनको माग गरेर मधेशी दलले नमानेपछि चुनाव दुई चरणमा हुँदैछ । केही प्रदेशमा पहिलो चरणको निर्वाचन भएपनि अरु प्रदेशमा आगामी जेठ ३१ मा देस्रो चरणमा निर्वाचन हुदैछ । सो निर्वाचनका लागि दलहरुले आफ्ना उम्मेदवार तयार समेत गरिरहेका छन् । यसै अवसरमा पूर्वको पर्यकीय, धार्मिक तथा ऐतिहासिक रतुवामाई नगरपालिकामा पनि दलले उम्मेदवार तोक्न छलफल तिव्र पारेका छन् । सो नगरपालिकामा अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फवाट युवा व्यवसायी दामोदर गैरापिप्लीले मेयर पदको दावेदारी गरेका छन् । एमाले र राप्रपाविच तालमेल हुने चर्चा भैरहेको सो स्थानमा तालमेल भए उपमेयर र नभए मेयरको दावी गरेका हुन् । प्रस्तुत छ, तीनै गैरापिप्लीसँग पत्रकार किरण ढकालले गरेको कुराकानी :

लामो समयपछि हुन लागेको स्थानिय निकायको निर्वाचनमा तपाईंले रतुवामाई नगरको मेयरमा उम्मेदवारी दिँदै हुनुहुन्छ, यो उम्मेदवारी केका लागि र किन ?

यो नगर आफंैमा ऐतिहासिक, धार्मिक, पर्यटकीय नगरको रुपमा रहेको छ । यहाँ थुप्रै जातीहरुको बसोबास पनि छ । खासगरि, मधेशी समुदाय, आदीबासी र दलितहरुको बसोबास रहेको यो नगरपालिकाको समग्र विकास अहिलेको आवश्यकता हो । नगरपालिकामा वाटोघाटो, खानेपानी, विजुली मात्र होइन शिक्षा, स्वास्थ्य र अन्य विकासका पूर्वाधारको तीव्र रुपमा विकास गर्नुपर्ने आवश्यकता छ । यहाँका वासिन्दालाई विकासको अनुभूति गराउन निक्कै आवश्यक छ । त्यो विकासका लागि अन्य राजनीतिक दलका नेताहरुले अहिलेसम्म चासो दिएको पाइएन । आफ्नो स्थानलाई आफै बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । सर्वसाधारणको आवश्यकतालाई हेर्दै ग्रामिण क्षेत्रको विकास नै मेरा पहिलो एजेण्डा हुन् । अबको स्थानिय तहमा पुरना र पुरातनवादी सोच भएका व्यक्तिले काम गर्न सक्दैनन् । अवको स्थानिय तहको कानुन, काम गर्ने प्रक्रिया युवाहरुले जानेका छन्, वुझेका छन् । त्यस कुरमा म आफुपनि विज्ञता राख्दछु भन्ने लाग्छ । युवा वर्गको समग्र आवश्यकता अनुसार काम गर्नकै लागि मैले उम्मेदवारी दिने तयारी गरेको हो । मेरो उम्मेदवारीले त्यस क्षेत्रको विकासमा पक्कै पनि सघाउ पुग्छ भन्ने विश्वास गरेको छु ।

अरु दलहरु भन्दा तपाईले राप्रपा नै किन रोज्नुभयो ?

म व्राह्मण परिवारमा जन्मिएको हुँ । यो समुदायको आफ्नै संस्कार छन् । हामी हिन्दु धर्मलाई मान्दै आएका छौं । आज मुलुकमा धर्म निरपेक्ष वा अन्य त्यस्तै कुरा गरेर हिन्दु धर्मलाई पछि पारिएको अवस्था छ । सवै मानिस अटाउन सक्ने यो धर्मप्रति मेरो पूर्ण आस्था छ । त्यसका लागि राप्रपाले मात्र अहिले हिन्दु धर्म जोगाउने अभियान सुरु गरेको छ । यसैले पनि मैले यो पार्टीमा बसेर राजनीति गर्ने सोच वनाएको हो । धर्मको संरक्षण गर्दै मुलुकमा संस्कारको विकास गर्नु पहिलो प्राथमिकता हुनेछ ।

तपाई युवा हुनुहुन्छ, तपाईलाई युवा वर्गको सहयोग कस्तो छ ?

एक दमै राम्रो कुरा आयो । म युवा भएकाले सवै युवा वर्गको भावना वुझ्न सक्छु । अहिले पनि विभिन्न संघ, संस्थामा रहेर मैले युवा लक्षित काम गरिरहेको छु । समुदायमा युवावर्गका तमा समस्याप्रति चिन्तित हुँदै विभिन्न काममा सहभागिता जनाउने गरेको छु । यस कारण पनि म युवा वर्गमा परिचित छु । अहिले जहाँसम्म मेरो मेयरको उम्मेदवारी छ, त्यसमा पनि नगरपालिकाका अधिकाशं युवाले मलाई सपोर्ट गर्नु भएकोछ र सधैं गर्नुहुन्छ । उहाँहरुकै आग्रहमा पनि मैले उम्मेदवारी दिने योजना वनाएको हो । मलाई कुनै एक दलका मात्र नभएर अन्य दलका युवाले पनि रुचाउनु भएको छ । मेरो काम र सामाजिक भावनालाई उहाँहरुले कदर गर्नुभएको छ । यस कारण म रतुवामाई नगरपालिको मेयर पदमा उम्मेदवारी मात्र विजयी उम्मेदवारका रुपमा आएको हुँ ।

तपाई मेयर भएपछि तपाइका प्रथमिकता के हुन्छन् ?

म पहिलो कुरा त स्थानिय स्तरमा गर्नुपर्ने जे जति विकास निमार्णका काम छन् । तीनलाई प्राथमिकता दिएर अघी वढ्छु । अर्कोकुरा यो नगरलाई ५ वर्षभित्र नमुना नगरको रुपमा विकास गर्ने योजना मसँग छ । रतुवामाई नगरपालिकालाई मोरङ जिल्लाकै एउटा यस्तो नमुना नगर सावित गर्ने योजना वनाएको छु त्यसलाई तिव्र रुपमा म अगाडी वढाउँछु । तमाम युवालाई साथ लिएर जिल्लाको नमुना क्षेत्रको रुपमा विकास गर्न अग्रसर हुनेछु । वाटोघाटोको विकास र स्तरोन्नती मेरो प्राथमिकतामा पर्नेछ । गौरीगञ्ज–आँपवारी मोटर वाटो म मेयर भएको ३ वर्षमा कालोपत्रे गर्ने योजना वनाएको छु । रतुमाई नगर भित्रका मठ मन्दिर, शिक्षा, स्वास्थ्य, कला संस्कृति तथा अन्य आवश्यक क्षेत्रको विकास गर्न म तत्पर हुनेछु । मधेशी, दलित, आदीवासीहरुको वाहुल्य वस्ती रहेको यो क्षेत्रका नागरिकलाई कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्न पहल गर्नेछु ।

तपाई निर्वाचित हुने आधार के हुन् ?

मैले अघि पनि भने समग्र जिल्लाको नमुना नगरको विकास गर्ने कुरामा म सवैसँग हातेमालो गरेर अघी वढ्ने छु । सवैको साझा भएर आफ्नो नगरको विकासमा तल्लिन हुनेछु । यहाँको आवश्यकता मलाई राम्रोसँग थाहा छ । त्यसलाई नजिकवाट नियालेको छु । त्यसैले ती कुरामा ध्यान दिएर समग्र नगरको पूर्ण विकास गर्नुनै मेरो पहिलो प्राथमिकता हो । यसका लागि यहाँका नागरिक खासगरि युवा वर्गले मलाई नजिकवटा चिन्नु भएको छ । उहाँहरुको सहयोग, समर्थनवाटै म मेयर पदमा विजयी हुन्छु ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one