advertiesment

राजेश हमालले होलीमय बनाए विराटनगर

hamal_biratnagar-58c50faba4a9a3.79026590

विराटनगर: नायक राजेश हमालले आइतबार विराटनगरमा होली मनाएका छन । भैरहवाबाट गाडीको यात्रा गरेर झिसमिसै विराटनगर आईपुगेका उनले यहाँका युवा, युवतीसँग उल्लासमय वातावरणमा होली मनाए ।

‘राउण्ड टेबल नम्बर ५’ ले हरेक वर्ष तराई-मधेशमा मनाइने होलीको अघिल्लो दिन विराटनगरमा कलर वाकाथन कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा यो पटक प्रमुख अतिथिका रुपमा नायक हमाललाई निम्त्याइएको थियो ।

अतिथी सदनमा आयोजना गरिएको कलर वाकाथन कार्यक्रम उद्घाटन गर्दै भने, ‘म यो पटक होली मानाउन विराटनगर आइपुगेँ । निकै रमाइलो महशुस गरेको छु ।’ नायक हमाल कार्यक्रममा सहभागीसँग नाचेका पनि थिए । नायक हमालले झण्डा देखाएर सुरु भएको वाकाथनका सहभागीले नगरक्षेत्रको विभिन्न भागको पैदलयात्रा गरे ।

उनले अभिनय गरेका चलचित्रका चर्चित गीत बजाउँदै युवाहरुले रङ खेल्दै नगर परिक्रमा गर्दा हमाल पनि उनीहरुसँगै पाँच किलोमिटर पैदलै हिडेका थिए ।

फरक अनुहार ‘फरक रङ, हामी नेपाली एक संग’ नारासहित आयोजित वाकाथनमा पाँच सय भन्दा बढीले सहभागिता जनाएकोे आयोजक संस्थाका अध्यक्ष सुनिल धनावतले बताए । उनले भने, ‘आपसी भाईचारा, मेलमिलाप र सहकार्यको सन्देश दिन वाकाथन गर्दै आएका हौं ।’।

कार्यक्रममा उद्योगी व्यवसायी, विद्यार्थी, प्रशासनिक निकायका कर्मचारीसहित स्थानीयवासीको सहभागिता थियो । विराटनगर राउण्ड टेबल नम्बर ५ ले तीन बर्षअघिदेखि वाकाथन गर्दै आएको छ ।

हमालले हौसला दिई रहँदा युवा, युवतीले रङ उडाउँदै, नाच्दै र गाउँदै विराटनगरको माहोललाई होलीमय बनाएका थिए । राइको होली सोमबार भएपनि विराटनगरमा एक हप्ता अघिदेखि नै होलीको उल्लास सुरु भएको छ ।

मारवाडी समुदायको आयोजनामा हाँस्य कवि सम्मेलन र महामूर्ख घोषणा कार्यक्रम पनि सम्पन्न भएको छ । औषधी व्यवसायी, पञ्तजली योग समिति, विराट व्यापार संघ, क्षेत्रीय होटल व्यवसायी संघले पनि औपचारिक कार्यक्रम गरेर होली मनाएका छन

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one