advertiesment

राष्ट्रपतिदेखि सर्वसाधारणसम्म छठको रौनक (फोटो फिचर)

timthumb
सूर्यको पूजाआराधना गरी मनाइने छठ पर्वअन्तर्गत आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइएको छ।
श्रद्धालुहरुले जनकपुरको गंगासागर, धनुष सागर, दशरथ तलाउ, अर्गजा पोखरी, वीरगन्जको घडीअर्वा पोखरी लगायतका विभिन्न जलाशयमा विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन श्रद्धालुहरु खरना मनाएपछि पूजा सामाग्रीसहित गए राति नै घाटमा पुगेका थिए।

छठका दिन व्रत बस्नेहरुले आफैंले प्रसादका रुपमा ठेकुवा, भुसवा, कसारलगायतका मिष्ठान्न तयार पारी साँझपख नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ्य दिने चलन छ। छठ पर्व मनाउन तराई क्षेत्रका नदी र पोखरीमा श्रद्धालुहरुको ठूलो भीड लागेको हाम्रा संवाददाताहरुले जनाएका छन्।

 

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one