advertiesment

राष्ट्रपति विद्यादेवी भण्डारी भारत प्रस्थान

17966727_1660792843935226_4991440272821974625_o

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी भारत प्रस्थान गर्नुभएको छ । भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा भारत भ्रमणमा जानुभएको हो।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादवलगाययत भ्रमण टोलीमा ३४ सदस्यीय रहेका छन् । ४ दिने राजकीय भ्रमणमा जानुभएको राष्ट्रपतिका रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गर्नुभयो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो ।

राष्ट्रपतिको पहिलो विदेश भ्रमणको अवसरमा सरकारले सोमबार र शुक्रबार सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्नुहुने छ ।त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको पनि भ्रमण गर्नुहुने भएको छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one