advertiesment

‘रेस’ चलचित्रको दुई गीत सार्वजनिक

resh

चलचित्र ‘रेस’ को दुई गीत एकसाथ सार्वजनिक गरिएको छ । अचेल अडियो भन्दा भिडियो नै प्रभावकारी हुने भएकाले चलचित्रको प्रचार सामाग्री बिहीबार राजधानीमा पत्रकार सम्मेलन मार्फत रिलिज गरिएको हो ।

माता पाथिभरा फिल्मस् प्रा.लि. को प्रस्तुति चलचित्र ‘रेस’ मा नीता ढुंगाना, पुष्पा लिम्बु, ईकु सुलेमान, किरण केसीको अभिनय रहेको छ । यसै चलचित्रबाट जियान र एजेश सैंजुले डेव्यू गरेका छन् । आगामी मंसिर १ गतेबाट चलचित्र नेपालसँगै विदेशका विभिन्न ठाउँमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

झापा, इलाम, मोरङ, सुनसरी सँगै दुबईको आबुधावी, सारजहाँ, अलाईन लगायतको स्थानमा छायांकन गरिएको फिल्मलाई किशोर सुब्बाले निर्देशन गरेका छन् । किशोरले यस अघि ‘खुकुरी’, ‘मनै त हो’, ‘खुर्पा’, ‘माटो’ लगायत झण्डै दर्जन चलचित्र निर्देशन गरिसकेका छन् ।

मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्मलाई कुमार बखतीले खिचेका हुन् । चलचित्रमा आनन्द राई र सञ्जित लामाको संगीत, गोविन्द राईको नृत्य तथा शंकर महर्जनको द्धन्द्ध रहेको छ । यो फिल्ममा बिशाल थेवे, हेमन्त गौतम, चन्द्र लिम्बु लगायतका व्यक्तिले संयुक्त रुपमा लगानी गरेका छन् ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one