advertiesment

वेडिङ फोटो अवार्ड सापकोटालाई

wedding-prize-5975a17f624be7.86693720

काठमाडौं : क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१७ को उपाधि चितवनका सुमन सापकोटाले हात पारेका छन् । मोफसलका सापकोटाले विवाहमा खिचेको फोटोले पहिलो बन्दै क्यानन ६ डी क्यामेरासमेत जिते ।

काठमाडौं फोटोग्राफर संघको आयोजनामा भएको अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले खिचेको फोटोले पाउन सफल भयो । अकेलाले पनि क्याननको तर्फबाट क्यानन ८० डी क्यामेरा पाए । यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोजरत्न शाहीले खिचेको फोटोले पाउन सफल भयो । शाहीले क्याननकै ७५० डी क्यामेरा पाए ।

अवार्डमा उत्कृष्ट १० मा पर्न सफल फोटोग्राफरहरू स्न्यापरर्स फोटो गुड्सको तर्फबाट म्यानफ्रोटोको ट्राइपड र लोएप्रोको क्यामेरा ब्याग प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट २० मा परेका फोटोग्राफरले डेलको ल्पापटप ब्याग, फोटोपेपर र प्रमाणपत्र पाएका थिए ।

विजेतालाई प्रमुख अतिथिद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अवार्ड, पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कृत भएका फोटोसँगै उत्कृष्ट एक सयभित्र परेका फोटो बबरमहलस्थित आर्ट काउन्सिलमा साउन ९ देखि ११ गतेसम्म प्रदर्शनी हुने संघका अध्यक्ष भवदेव थापाले जानकारी दिए ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one