advertiesment

वेस्टह्यामसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

Jose-Mourinho-looks-furious_20180929150646

काठमाडौँ : म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्हो र खेलाडीबीचको झगडा शनिबार भएको इङ्लिस प्रिमियर लिग अन्तरगत वेस्टह्यामविरुद्धको खेलमा छरपस्ट भएको छ ।

फ्रान्सेली मिडफिल्डर पल पोग्बासँग प्रशिक्षणका क्रममा देखिएको तितो वेस्टह्यामको लण्डन स्टेयिममा प्रष्ट देखिँदा म्यानचेस्टर युनाइटेड ३–१ को लज्जास्पद हार सामना गर्न बाध्य भयो ।

सिजनको सुरुबाटै निराशाजनक प्रदर्शन गरिरहेको युनाइटेडलाई म्याचेस्टर सिटीका पूर्वप्रशिक्षक म्यानुएल पेल्लेग्रिनीको वेस्टह्यामले नमिठो झड्का दिएपछि माउरिन्होमाथि झनै दबाब बढेको छ ।

घरेलु मैदानमा प्रभावशाली जित दर्ता गराउने क्रममा वेस्टह्यामका लागि पहिलो गोल फेलिपे एन्डेरसनले पाँचौ मिनेटमै गरे । त्यसपछि खेलको ४३ औँ मिटेमा म्यान युका भिक्टोर लिन्डेल्फले आत्मघाती गोल उपहार दिए ।

पहिलो हाफमा २–० मा सकिएको अवस्थामा खेलमो ७१ औँ मिनेटमा म्यान युका मार्कुस रास्फोर्डले गोल फर्काउँदै अग्रता २–१ मा झारे । तर खेलको ७४ औँ मिनेटमा वेस्टह्यामका मार्को अर्नायुटोभिकले गोल गरेपछि युनाइटेडलाई झड्का लाग्यो । त्यसपछि दुवै टोलीबाट गोल नहुँदा युनाइटेडले नमिठो हार भोग्यो ।

यो हारपछि प्रिमियर लिगको सातौँ चरणको खेल चलिहरँदा युनाइटेड १० अंकसहित लिगको आठौँ स्थानमा खुम्चिएको छ । वेस्टह्याम भने ७ खेलबाट ७ अंकसहित लिगको १२ औँ स्थानमा छ ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one