advertiesment

संजोग राणाको अभिनय यात्रा कोरस डान्सर देखी नायक सम्म

ssssssss

नेपाली कथानक चलचित्र ‘ए पण्डित बाजे’बाट कोरस डान्स्को रुपमा आफ्नो करियर सुरु गरेका संजोग राणाको नायकको रुपमा पहिलो चलचित्र ‘लुट कम्पनी’ हो । त्यसै गरी ‘छल’, ‘रेलिमाई’, ‘स्टोन एरा’, ‘हिरोज’, ‘धुम-२’, ‘मधुमाला’ र बंगाली फिल्म गरेर आठ वटा चलचित्र गरिसकेका छन् ।

२००७मा मुम्बईमा ‘मुम्बई फिल्म एकेडमी’बाट अभिनय सिकेर अहिलेको चर्चित बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजा, गीता, गणेश आचार्य र नितिनको ग्रुपमा स्टेज कार्यक्रम गर्दा ३ वर्षको बसाइमा क्रिएटिभ आर्टको व्यानरको हिन्दी सिरियल ‘वक्त बतायगा कौन अपना कौन पराय’, ‘माइका’ र ‘जय मां विष्णु देवीमा’ असिस्टन्ट गरेर राणा नेपाल फर्किएका थिए ।

मेहनेत र कर्मले नै भाग्य बनाउछ भन्ने कुरामा विश्वास रख्ने राणा चलचित्र क्षेत्रमा राज्यको ध्यानाकर्षण नभएकोमा खल्लो महसुस गर्छन् । चलचित्र ईतिहास हो रे नेपालमा भएको सत्य तत्थ्य कुरा, संस्कृती, परम्परा र धर्म जोगाउने काम चलचित्रले गर्छ तर राज्यको ध्यान संघ संस्था निस्कृयले चलचित्र क्षेत्र धारासाही बनेकोमा राणा दुखी छन् । अन्तमा भन्छन्, यी कुरा नेपाल र हामी नेपालीले बुज्न जरुरी छ र नेपाली चलचित्रलाई माया गरिदिनु ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one