advertiesment

सकसको पोस्टर सार्बजनिक -साउथ लुक्समा प्रज्वल गिरि

SAKASH _10x20 2

कार्तिक २४ गते बाट सार्बजनिक प्रर्दशनमा आउने चलचित्र ‘सकस’ ले आफ्नो प्रचार प्रसार लाइ तिब्रता दिंदै चलचित्रको पोस्टर सार्बजनिक गरेको छ केहि समय पहिले चलचित्रको गित र ट्रेलर सार्वजनीक गरि सकेको चलचित्रमा यथार्थ घटनालाइ चित्रण गर्न खोजिएको छ।

राजधानीमा मौलाउँदै गएको गुण्डा गर्दीलाई मुख्य विषय बनाए निर्माण गरीएको यस चलचित्रलाई एन.वि मर्हजनले निर्देशन गरेका हुन् । प्रज्वल गिरीको धमकेदार अभिनय सगै चलचित्रमा सुन्दर श्रेष्ठ,विल्सन बिक्रम राइ,महिमा सिलवाल,सुष्मा कार्की,बिजेन सिंह,रविन्द्र खड्का,श्याम राई लगायत कलाकारको मुख्य भुमिका रहेको यस चलचित्रको लेखन कार्य मौनता श्रेष्ठले गरेका हुन् । दोभान फिल्म्स प्रा.लि को ब्यानरमा अक्कल शिंह प्रस्तुतकर्ता रहेको सकस का निर्माता सुन्दर श्रेष्ठ हुन्, त्यसै गरी सह निर्माताहरुमा सुवाश भट्टराई र खगेन्द्र डाँगी रहेका छन् । यस चलचित्रको नृत्य निर्देशक र भि एफ एक्स् समिर मियाले गरेका हुन ।

चलचित्रमा हिमाल केसीको द्धन्द,कृष्ण श्रेष्ठको छायांकन,चेतन सापकोटाको संगीत रहेको छ। यस चलचित्रको पोस्टर हेर्दा नै प्रज्वल गिरीको दमदमर प्रस्तुति रहेको आकलन गर्न सकिन्छ । साथै साउथ लुक्समा प्रज्वल गिरिको दमदार एक्सन रहेको कुरा निर्देशक एन बि मर्हजनले बताए ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one