advertiesment

सन्देश मुलक चलचित्र कुमारी आमा बन्ने

kumari-aama

काठमाडौं । अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध चेतनामुलक सन्देश दिने नेपाली चलचित्र कुमारी आमा निर्माण हुने भएको छ । लोकतान्त्रिक पत्रकार मञ्चले अशिक्षा र गरिवीका कारण नेपाली समाजमा मौलाउँदै गएको विदेशीने मोह र अवैद्य रुपमा चेलीवेटी बेचबिखन भइरहेको यथार्थमाथि चित्रण गर्दै यो चलचित्र निर्माण गर्न लागेको हो ।

उच्च शिक्षा अध्ययनका लागि राजधानी र मुलुकका विभिन्न शहरमा पुग्ने गरेका गाउँले परिवेशका युवती राम्रो पैसा र सुखसयलमा रम्ने मोहमा डान्सबार हँुदै युरोप र अमेरिका पुग्ने सपनामा अवैद्य रुपमा खाडीसम्म पुग्ने गरेको कथा यो चलचित्रमा समावेश गरिएको छ । युरोप पुगेर राम्रो पैसा कमाउने र गरिवीले पिल्सिएको परिवारमा खुसी फर्काउने मनोकांक्षा बोकेका युवती थाहै नपाई दलालको फन्दामा परेर विदेशीभूमिमा अवैद्य गर्भवती हुने गरेको यथार्थ चित्र यो चलचित्रमा उतारिने भएको छ ।

वढ्दो विदेशीने मोहमै कसरी सोझा नेपाली चेली चिनियाँ वेश्यालयमा विक्रि भईरहेका छन्, उनीहरुको कहालीलाग्दो जीवनचर्याको कथा चलचित्रमा समावेश छ । चलचित्र निर्माण संस्थाका महासचिव कुमार ओझाका अनुसार कोरियाली नागरिकसँग विवाह गरेर त्यहाँ पुगेका र युरोप, अमेरिकाको सपनामै अफ्रिकी मुलुकका डान्सवारमा पुर्याईएका युवतीको कहालिलाग्दो र कठीन जीवन भोगाई पनि यो चलचित्रमा कथाका रुपमा समावेश गरिएको छ । विशुद्ध चेलीवेटी वेचविखान र त्यसले नेपाली समाजमा वढ्दै गएको विकृतीलाई चलचित्रमा उतारिएको निमार्ण पक्षले जनाएको छ ।

यो चलचित्र नेपाल, भारत, खाडीका मुलुकका साथै कोरिया, अमेरिका, क्यानाडा लगायत युरोपियन मुलकहरुमा छायाँकंन हुने निमार्ण पक्षले जनाएको छ । चलचित्रमा नेपालका ख्याती प्राप्त कलाकारहरुको अभिनय रहने यो चलचित्रमा केही नयाँ कलाकारहरुको छनोट धमाधम भैरहेको ओझाले जानकारी दिए ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one