जिल्लाको युवा पुस्ताका मिलनसार प्रसस्तै सुनिएको नाम हो । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिकामा बुबा भोजबहादुर र आमा कृष्ण मायाका कोखबाट जन्मिएका युवानेता मिनबहादुर आले (अरुन आले) संघीय समाजबादी फोरमका जिल्ला संयोजक हुन ।
समाजलाई फरक र आर्थिक समृद्धितर्फ उन्मुख गराउनु पर्दछ भन्ने अभियानमा रहेका आले २०५४ साल स्कुल स्तरबाट नै बिद्यार्थी राजनीतिमा सक्रिय रहे । युवा मोर्चाको केन्द्रिय समितिमा समेत जिम्मेवारी पाएका थिए । नेपालको राजनैतिक उतार चडाब संगै केहि बर्ष माओबादीको युवा संगठनमा रहेर काम गरे । बिभिन्न समाजिक संघ संस्थामा आबद्व भई जिल्लाको प्रायः सबै खाले विकासे कार्यमा अग्रपंतिमा देखिएका उनको विकास प्रतिको मोह अचम्मकै मान्नु पर्दछ ।
जिल्लाका विभिन्न गाउँपालिकालाई जोड्ने मोटरबाटो होस वा घरघरमा खानेपानी पुर्याउने अभियान होस, व्यवस्थित स्वास्थ्य चौकी होस वा आधारभूत र प्राविधिक शिक्षा क्षेत्रको विकास नै किन नहोस यी सवै उनका प्राथमिकताका विषय हुन । दर्जन भन्दा बढि लघुबित्तिय संस्थाका कुशल संचालक तथा यातायात कार्पोरेट जस्ता दर्जन भन्दा बढि ब्याबसाय संचालन गरि रोजगारी दिइरहेका, दर्जनौ बढि देशहरुमा भ्रमण गरी ती देशहरुको बिकासक्रमलाई नजिकैबाट नियालेका राजनीतिमा अनुभव प्राप्त मिलनसार युवा नेता अरुण आले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा संघीय समाजबादी फोरम सिन्धुली जिल्लाको क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फको प्रत्यासी उमेद्वार हुन ।
निर्वाचनको बिषयमा गरेको संक्षिप्त कुराकानी ः
उम्मेद्वारी के का लागि ?
पहिचान सहितको संघीयता र संबिधान संशोधनको एजेन्डा मेरो पहिलो प्राथमिकता हो । किनकी पहिचान बिनाको संघीयता र संघीयता बिनाको संबिधान अपाङ्ग हुन्छ । आर्थिक समृद्वि, दिगो शान्ति, शिक्षा, आधारभूत स्वास्थ्य र शैक्षिक वेरोजगारी देशमा अत्यन्तै खड्किएको बिषय हो । पछिल्लो समयमा मुलुकले संविधान त पायो तर पहिचान सहितको संबिधान पाउन सकेको छैन, समृद्धि पाउन सकेको छैन । सिन्धुलीलाई राजनैतिक दलका नेताहरुले खेलको मैदानमात्र बनाए तर आम नागरिकको गौरबको विषय बनाउन सकेनन् । म यी सवै विषयलाई चिर्न चाहन्छु । मेरो प्राथमिकताका क्षेत्रमा नागरिकको आधारभूत स्थास्थ्य, शिक्षाको नैसर्गिक अधिकार, युवालाई स्वदेश मै ब्यवसायीक रोजगारी, विकासका पूर्वाधार, सडक, खानेपानी, विद्युत, सूचना र सञ्चार प्रविधिको विकासले सिंगो जिल्लालाई समृद्ध बनाउने र पर्यटकिय गन्तव्यको रुपमा विस्तार गर्ने अल्पकालिन र दीर्घकालिन योजनाहरु छन् ।
योजनाहरु के के छन् त ?
शिक्षाः
शिक्षा प्रचारमुखि मात्र भइरहेकोले प्राविधिक तथा ब्यावहारिक शिक्षा प्रणाली लागु लक्ष सहितको शिक्षा आजको आवश्यकता भएकोले दीगो विकासका लागि रोजगारमुलक शिक्षाको विकास गरी आर्थिक समृद्धतालाई प्राथमिकता दिनेछु । एक वाड एक प्राबिधिक कलेज बनाउने ।
स्वास्थ्यः
केहि उपचारमा निःशुल्क गरी अस्पतालमा भिड बनाउने प्रबृत्ति, सस्तो लोकप्रियतालाई निरुत्साहित पार्दै जनताको स्वास्थ्य उपचार नागरिकको नैसर्गिक अधिकार भएकोले यसलाई पुर्णत निःशुल्क बनाउन जोड दिई स्वास्थ्यलाई ब्यावसाय बनाउने प्रबृत्तिको अन्त्य गर्ने । एक गाउँ डाक्टर सहितको एक स्वास्थ्य चौकिको निर्माण गर्ने । कृषिः व्यवसायीक, आधुनिक कृषि प्रणालीको विकास गदै कृषकहरुलाई सुलभ ऋणको ब्यबस्था गरि आत्मनिर्भर बनाउने । एक वडामा एक बित्तिय संस्था स्थापना गर्ने ।
उद्योगः
जिल्लामा पर्याप्त श्रोत र साधन भए पनि यसको उचित व्यवस्थापन हुन नसक्दा आर्थिक समृद्धितर्फ लम्कन नसकेको अवस्था देखिन्छ । मेरो पहिलो प्राथमिकताको क्षेत्र हो ६० लाख युवाहरुलाई स्वदेशमै रोजगारी दिर्ई विदेश पलायन हुनबाट रोक्नु, स्थानीय स्तरमै उद्योगधन्दा कलकारखानाको विकास गरी स्थायी रुपमा युवालाई उद्यमी बनाउनु जसले गर्दा आर्थिक समृद्धिका साथै युवावर्ग उद्यमशिल बनुन । एकघर एक रोजगार साथै बिधुवालाई अनिवार्य रोजगार ।
जलविद्युतः
यहाँ धेरै नदिहरु छन् जसबाट लघु जलविद्युतको निर्माण गर्न सकिन्छ । जसले गर्दा जिल्लाबासीलाई सर्वशुलभ र चौविसै घण्टा विद्युत उपलब्ध गराउन सकेमा मात्र पनि युवालाई प्राविधिक क्षेत्रको पहुँचसम्म पुग्न पद्दत पुर्याउन सकिनेछ ।
यातायातः
बिकासको पुबैआधार नै सडक भएकोले धुले सडकहरुको स्तरोन्नती, ग्रामिण सडक र कृषि सडकको विस्तार, टोल टोलमा सडक, प्रत्येक वडामा रिङ्ग रोड, घर घरमा बिजुली र पानी मेरो मुल मन्त्र रहने छ । हवाई मैदानको निर्माण गरी पर्यटन क्षेत्रको विकास मेरो प्राथमिकताका विषयहरु हुन ।
बाम गठबन्धनको असर ?
खासै असर पार्न सक्दैन । पछिल्लो समयमा देखिएको राजनीतिक अवस्थाले विपक्षीहरु बलियो हुन सक्छन । स्थानीय निर्वाचन भनेको व्यक्तिगत चरित्रका आधारमा समेत मतदानको प्रभाव पर्ने भएकोले यो निर्वाचनमा यसको असर देखिँदैन । सिन्धुली जिल्लालाई मैले जति बुझेको छ अरु कुनै पनि दलले बुझेका छैनन् । यस जिल्लामा युवावर्गको उल्लेख्य साथ र सहयोग प्रत्यक्ष रुपमा मसँग जोडिएको हुनाले समाज र जिल्ला प्रतिको उत्तरदायित्व मसँग छ । अहिलेसम्मको विकास निर्माण, सामाजिक सेवा, स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रको विकासका लागि युवावर्गसँगको सहकार्य र हातेमालो भईरहेको हुँनाले आम युवा पुस्ता सँगसँगै म छु र युवापुस्ता म सँगै छन् । फेरि जनताको नैशर्गिक अधिकार पहिचानको एजेन्डा म संग छ सिन्धुलिको विकास समृद्धिको बिशेष एजेन्डा भएको र काम गरिरहेको हुनाले गर्दा समेत मेरो जित निश्चित छ ।
तपाईंको प्रतिकृया दिनुहोस