advertiesment

सुन तस्करीमा संलग्न पाँच जना पक्राउ

88kg_Gold_Cought_13-20092017032110-1000x0

आश्विन ४/ दुई साताअघि काठमाडौंबाट बरामद ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सत्यनाराय अग्रलाल, गणेशदत्त गुरुङ, सुगतरत्न शाक्य, नन्दकुमारसहित पाँच जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि अवैध रुपमा सुन ओसारपसारको आरोप लागेको छ ।

महाशाखाबाट खटिएको टोलीले गत भदौ तेस्रो साता ८८ किलो सुनसहित एकजनालाई क्षेत्रपाटीबाट भिआइपी लेखिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित पक्राउ गरेको थियो । सुनसहित मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी पक्राउ परेका थिए ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one