advertiesment

सेनाले थाल्यो तिब्बत जोड्ने सडक निर्माण

Gorkha_News_sena-58fdde14250fa3.16308743

लापु, गोरखा: बेनीघाट आरुघाट हुँदै तिब्बतको सीमाना लार्के सडकको नेपाली सेनाले निर्माण गर्न लागेको खण्डको सिलान्यास गरिएको छ। मंगलबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीले धार्चे गाउँ पालिकाको लापुभीरमा बिधिवत रुपमा सडक निर्माण कार्यको सिलान्यास गर्नु भएको हो।

भीर फुटाउन प्रयोग गरिने बम बिस्फोट गरी उहाँले सडक निर्माण कार्यको विधिवत थालनी गर्नु भएको सडक निर्माण कार्यदलका प्रमुख मेजर निशान्त क्षेत्रीले जानकारी दिनुभयो। क्षेत्रीका अनुसार प्रधानसेनापति क्षेत्रीले एकसय वटा बम एकैसाथ बिस्फोट गरी पहाड फुटाएका थिए।

सेनाले सो सडकको एकसय ८३ किलोमिटर मध्य करिब एकसय २० किलोमिटर सडक निर्माण गर्ने जिम्मा लिएको छ। कुनै राजनीतिक बाधा अड्चन नआए तीनबर्षभित्र सडक निर्माण गरिसक्ने लक्ष्य रहेको सिलान्यास कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले बताउनुभयो।

सडक निर्माण भएपछि गुम्दा, लापु, उहिया, काशिगाउँ, केरौंजा, सिर्दिबास, बिही, प्रोक, ल्हो र सामागाउँका बासिन्दाले यातायात सेवा पाउने छन्। त्यस्तै तिब्बतदेखि बीरगञ्ज हुदै भारतको सीमाना जोड्ने सबैभन्दा छोटो बाटो बन्ने विश्वास गरिएको छ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one