advertiesment

स्थानीय निकाय निर्वाचनमा : आधा इन्चको पुस्तकका लेखक अञ्जान मेयरको उम्मेदवार

unnamed

पाँचथर, सवैभन्दा सानो आकारको पुस्तकका लेखक नरेन्द्र भट्टराई ‘एनबी अञ्जान’ फिदिम नगरपालिकाको मेयरको उम्मेदवार भएका छन् । उनले विश्वमै सवैभन्दा सानो आकारको ‘आधा इन्च’ को हइकु संग्रह लेखेका छन् ।

गिजिन वुकमा विश्वकै सवै भन्दासानो पुस्तक लेखन तथा प्रकाशन गरेको रेकर्डका लागि उनको नाम दर्ता प्रक्रियामा छ । नेपालमै पहिलो कोपिला रुवाई महाकाब्य प्रकाशन समेत गरेका अञ्जानका मरुभुमिको साहित्य यात्रा गजल कृति, आहुति गजल कृति पनि प्रकाशित छन् । युवा लेखक तथा साहित्यकार अञ्जान नेपाल लोकतान्त्रिक फोरमका तर्फवाट फिदिम नगरपालिकाको मेयरको उम्मेदवार भएका हुन् ।

फिदिम नगरपालिका –७, रानीटारका स्थायी बासन्दिा अञ्जान स्कुल तथा कलेज अवस्थामै राजनीतिमा सक्रिय रुपमा लागेका थिए । सुरुमा नेवि संघवाट विद्यार्थी राजनीति सुरु गरेका उनी पछि अनेराश्ववियू छैटौमा पनि सक्रिय रुपमा लागेका थिए । यस्तै एकताकेन्द्र मसाल, जनमोर्चामा पनि राजनीति गरेका उनी दर्जनौ सामाजिक संघ संस्था तथा सामाजिक कामा समेत आवद्ध छन् । नाटक तथा चलचित्र लेखन, निर्देशन समेत गरिरहेका अञ्जान लोकतान्त्रिक पत्रकार फोरममा केन्द्रिय सदस्य समेत हुन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सदस्य, अन्तर्राष्ट्रिय नेपाली एकता साहित्य मञ्चको सचिब, नाट्यकर्मी महासंघ केन्द्रिय सदस्य, चलचित्र निर्माता संघ सदस्य, चलचित्र निर्देशक समाज सदस्य तथा एभरेष्ट इन्टरटेनमेन्टको अध्यक्ष समेत हुन् । नेपालका १० नमुना शहर मध्येको एक पाँचथरको फिदिम नगरपालिकालाई व्यवस्थित र पर्यटकीय शहरका रुपमा विकसित गर्ने उनको एजेण्डा छ । फिदिम नगरलाई ‘पहाडको रानी नगर’ का रुपमा विकास गर्ने र सवै आदीबासी जनजातीको मौलिक संग्रालयका रुपमा विकास गर्ने एजेण्डा अञ्जानले उठाएको बताए । ‘फिदिम नगरपालिका आफैमा पहाड भित्रको उपत्यकाका रुपमा परिचित छ’, कुराकानीमा अञ्जानले भने, ‘यो नगरलाई पूर्वका सवै आदीबासी, जनजातीहरुको मौलिक संग्राहलयका रुपमा विकास गर्ने मेरो उउजेण्डा हो ।’

विद्यार्थी समयमा अन्य राजनीतिक दलमा आवद्ध भएपनि मुलुकको वदलिदो परिस्थिती र हिमाल, पहाड, तराईबीचमा रहेको मतभेद र असहमतीको अन्त्यका लागि आफु नेपाल लोकतान्त्रिक फोरमवाट मेयरको उम्मेदवार बनेको बताए । सवै जातजाती, भेषभूषा र मौलिकतालाई एकतावद्ध गर्नु अहिलेको आवश्यकता रहेको भन्दै अञ्जानले फिदिमको समृद्धिमा युवा नेतृत्व आवश्यक रहेको बताए ।

नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रवीच तिव्र प्रतिश्पर्धा रहेको फिदिम नगरमा नेपाल लोकतानित्रक फोरमले मालेसँग राजनिितक तालमेल गरेको छ । अन्य राजनीतिक दलका युवाले समेत आफुलाई समर्थन गर्ने दावी समेत गरे ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one