advertiesment

१४ आरोही एकसाथ सगरमाथाको चुचुरोमा

Mt-Everest-summit-59199a13d51161.48132819

काठमाडौं : वसन्त मौसममा पहिलो पटक १४ जनाले नेपालको बाटो हुँदै सगरमाथा सफल आरोहण गरेका छन्। सोमबार १:१५ मा ११ जना गाइड र ३ आरोहण दलका सदस्यले चुचुरोमा पाइला टेकेका हुन्।

गोरखा एभरेष्ट एक्सपीडिसन २०१७ आरोहणदल सदस्य बेलायतका गोरखा सैनिक कृष्ण थापा मगर, निर्मल पुरजा, धन्नी राई र सहयोगी गाइड पेमा छिरिङ, पेमछिरि, कान्छानुरु, लाक्पा गेलु, सोनाम जङबु, पासाङ शेर्पा, डेन्डी, टासी शेर्पा, ग्याबु भोटे र छिमी ल्हेण्डुप गुरुङले सफल आरोहण गरेको सम्पर्क अधिकृतका रुपमा खटिएका सरकारी प्रतिनिध ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो। दक्ष गाइड मानिने पायोनियर एडभेन्चरका प्रमुख लाक्पा शेर्पालाई समेत गोरखा टिमले बाटो खोल्नका लागि प्रयोग गरेका थिए।

खराव मौसमका कारण लामो समयदेखि क्याम्प चार भन्दामाथि बाटो बनाउन सकिएको थिएन। शनिबार र आइतबार पायोनियर एडभेन्चर ट्रेक प्रालि प्रमुख दक्ष गाइड लाक्पा शेर्पा र गोरखा एभरेष्ट एक्पीडिसनका शेर्पा गाइडको अथक प्रयासपछि बाटो तयारी गरी आरोहण सफल बनाएको हो। आरोही १४ जना यो मौसमकै पहिलो सगरमाथा आरोहण गर्ने टोली हो।

समिट नेपाल ट्रेकिङ प्रालिबाट बाट आरोहण अनुमती लिएको यो आरोहणदलमा १३ जना सदस्य छन्। जसमध्ये बाँकी १० जनाले पनि आरोहणलाई निरन्तरता दिई रहेको बुझिएको छ।

गोरखा एभरेष्ट एक्सपीडिसन २०१७ आरोहणदल सरकारी प्रतिनिधि सम्पर्क अधिकृत खडानन्द अधिकारी खटिएका छन्। अधिकारीसँग सम्पर्क हुन नसकेपछि अन्य आरोहणदलका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठलाई आरोहीहरुले फोनबाट जानकारी गराएका हुन्।

हिमालय रेस्क्यू एसोसिएसनका लाक्पा नुर्वु शेर्पालाई समेत चुचुरोबाट स्याटलाइट फोनमार्फत् जानकारी गराएको छ। आरोहीहरु शनिबार बिहानै चुचुरो तर्फ हिडेका थिए।

क्याम्प दुई भन्दामाथिको बाटो निर्माणको जिम्मा लिएको पर्वातारोहण सञ्चालक संघले आधारशिविरमा बैठक गरी जेठ ४ गते सम्ममा क्याम्प ४ देखि चुचुरो सम्मको बाटो निर्माण गर्ने निर्णय गरेको थियो। संघले प्रत्येक आरोहीबाट बाटो बनाउने भन्दै दुई सय अमेरिकी डलर असुल गर्दै आएको छ। बाटो निर्माणमा चासो नदेखाएको र दक्षजनशक्ति प्रयोग नगरेको भन्दै आरोहणदलले संघविरुद्ध असन्तुष्टी जनाएका छन्।

संघले समयमै बाटो निर्माण नगरे पछि समय ढिलो भएको भन्दै गोरखा एभरेष्ट एक्सपिडीसनका शेर्पा गाइड र आरोहणदलका सदस्यहरु बाटो निर्माण गरी चुचुरो चुम्न सफल भएका हुन्।

यो सिजनमा सगरमाथा आरोहणका लागि नेपाल मोहोडाबाट ३७ आरोहणदलका तीन सय ६३ जना आरोहीले अनुमति लिएका छन्। यो बाटो हुदै ल्होत्से हिमालका लागि नौ आरोहणदलका एक सय आठ जना आरोही आरोहणका क्रममा छन्।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one