advertiesment

२४ बिमा कम्पनीको नाफा पौने तीन अर्ब

bima-cartoon-5920ec5227d185.99352794

काठमाडौं : बिमा कम्पनीको नाफा यस वर्ष उच्च वृद्धि भएको छ । तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका २४ बिमा कम्पनीको नाफा गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको हो । यी बिमा कम्पनीले चालू आवको चैत मसान्तसम्म दुई अर्ब ७८ करोड ९३ लाख कम्पनीले गरेको नाफा गएको आवको सोही अवधिको तुलनामा साढे ५१ प्रतिशतले बढी हो ।

गएको वर्ष ती कम्पनीले एक अर्ब ८४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए । वित्तीय विवरण सार्वजनिक गर्ने बिमा कम्पनीमध्ये आठवटा जीवन बिमा कम्पनी हुन् भने बाँकी निर्जीवन बिमा कम्पनी छन् । हाल नेपालमा २६ वटा बिमा कम्पनी सञ्चालित छन् । त्यसमध्ये नौवटा जीवन बिमा कम्पनी हुन् भने १७ वटा निर्जीवन बिमा कम्पनी हुन् ।

वित्तीय विवरण सार्वजनिक गर्ने आठवटा बिमा कम्पनीको तेस्रो त्रैमाससम्म एक अर्ब दुई करोढ ९३ लाख रुपैयाँ पुगेको छ । गएको वर्ष यस्तो नाफा ५९ करोड ४५ लाखमात्र थियो ।यसरीनै वित्तीय विवरण सार्वजनिक गर्ने १५ निर्जीवन कम्पनीको नाफा यस वर्ष एक अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । गएको वर्ष यस्तो नाफा एक अर्ब २५ करोड २८ लाख रुपैयाँ थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा यस आवमा ७२ प्रतिशतले बढेको छ । यस कम्पनीले यस आवको तेस्रो त्रैमाससम्म ४० करोड ९६ लाख कमाएको छ । गत आवको सोही अवधीमा कम्पनीको नाफा २३ करोड ८० लाखमात्र थियो । अमेरिकन लाइफ (मेट) इन्स्योरेन्सले १८ करोड ६४ लाख नाफा गरेर सबैभन्दा बढी नाफा कमाउने जीवन बिमा कम्पनी बनेको छ । कम्पनीको गएको वर्ष यस्तो नाफा पाँच करोड ९० लाखमात्र थियो ।

नेसनलव लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले १७ करोड ४७ लाख नाफा कमाएको छ । यो नाफा गएको वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतभन्दा बढी हो । कम्पनीले गएको वर्ष ११ करोड ८६ लाख मुनाफा गरेको थियो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा चालू आवको नौ महिनामा १० करोड ७४ लाख पुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा जम्मा ९ करोड ४४ लाख आम्दानी गरेको थियो । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड तीन लाख नाफा कमाएको छ । सुर्याले गत आवको नौ महिनामा ७९ लाख मात्रै नाफा कमाउन सफल भएको थियो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले चालू आवको यो अवधिमा चार करोड ९८ लाख नाफा कमाएको छ । कम्पनीको गएको वर्ष समीक्षा अवधिमा चार करोड ५१ लाख नाफा थियो । राष्ट्रिय बिमा संस्थानको भने वित्तीय विवरण आउन बाँकी छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद मुनाफामा करिब ४६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गएको वर्षको यसै अवधिमा दुई करोड तीन लाख नाफा गरेकोमा यस वर्ष दुई करोड ९६ लाख नाफा कमाएको छ । गुराँस लाइफ इन्स्योरेन्सले एक सय ५० प्रतिशतभन्दा बढी नाफा कमाएको छ । कम्पनीको गत आवको सोही अवधिमा एक करोड १५ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष दुई करोड ८८ लाख कमाउन सफल भएको छ ।

यस्तै, १५ निर्जीवन बिमा कम्पनीमध्ये तीन निर्जीवन बिमा कम्पनीले दुई गुणाभन्दा बढीले नाफा कमाएका छन् । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडको चालू आवको तेस्रो त्रैमाससम्म खुद मुनाफा गत आवको तुलनामा एक सय ८१ प्रतिशत बढेको छ । कम्पनीले गत आवको पहिलो नौ महीनामा दुई करोड २० लाख नाफा कमाएको थियो । यस वर्षको यसै अवधिमा कम्पनीको नाफा बढेर ६ करोड २० लाख रुपेयाँ पुगेको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले यही अवधिमा खुद मुनाफा करिव एक सय ११ प्रतिशत वृद्धि भएको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म चार करोड ८९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको सोही अवधिमा दुई करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । नेपाल इन्स्योरेन्स कम्पनीको नाफा यस वर्ष बढेर एक १० प्रतिशत पुगेको छ । कम्पनीले गएको वर्ष दुई करोड ७६ लाख नाफा कमाएकोमा यस वर्ष नाफा बढेर पाँच करोड आठ लाख पुगेको छ ।

सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेस्ट, नेको, लुम्बिनी जनरल, राष्ट्रिय बिमा, शिखर, सिद्धार्थ, प्रिमियर, हिमालयन जनरल, प्रभु र एनएलजी एनबी इन्स्योरेन्स छन् । दी ओरिएन्टल र नेसनल इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण भने आउन बाँकी छ । निर्जीवन बिमा कम्पनीमध्ये रकमको आधारमा हर्ने हो भने शिखर इन्स्योरेन्स पहिलो, राष्ट्रिय बिमा कम्पनी दोस्रो र सगरमाथा इन्स्योरेन्स तेस्रो बढी नाफा कमाउने कम्पनीको सूचीमा छन् ।

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका निर्जीवन कम्पनीमा शिखर इन्स्योरेन्सले २६ करोड ६३ लाख कमाएर रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ । राष्ट्रिय बिमा कम्पनीले चालू आवको यस अवधिमा २६ करोड १३ लाख रुपैयाँ कमाएको छ । गएको वर्ष कम्पनीको नाफा १६ करोड ६४ लाख थियो । सगरमाथा इन्स्योरेन्सले चालू आवको चैतसम्म १४ करोड ३६ लाख कमाएको छ ।

पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले १० करोड १५ लाख नाफा कमाएको छ । यसले गत आवको नौ महिनामा सात करोड १७ लाख नाफा कमाएको थियो । नेपाल इन्स्योरेन्स कम्पनीले पाँच करोड आठ लाख कमाएको छ । जबकी यो कम्पनीले गत आवको नौ महिनामा दुई करोड ७६ लाख नाफा आर्जन गरेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ६१ लाख कमाएको छ । यो कम्पनीले गत आवको नौ महिनामा ६ करोड ३७ लाख आम्दानी गरेको थियो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १४ करोड नाफा कमाएको छ । जबकी यहि कम्पनीले गत आवको सोही अवधीमा जम्मा १२ करोड सात लाख नाफा आर्जन गर्न सफल भएको थियो । सिद्धार्थ इन्स्योरेन्सले चालू आवमा १४ करोड नाफा गरेको छ । गत वर्ष कम्पनीको नाफा १२ करोड थियो । नेको इन्स्योरेन्सको नाफा ८४ प्रतिशतले बढेर १२ करोड ८८ लाख पुगेको छ । एभरेस्टले दुई करोड ११ लाख नाफा कमाएको छ । हाल कमाएको नाफा गएको आवको तुलनामा साढे ८३ प्रतिशतले बढी हो ।

यसरीनै युनाइटेडले चार करोड ८९ लाख, प्रिमियरले १० करोड ३० लाख, प्रभुले १० करोड ६४ लाख, एनएलजीले १२ करोड ९७ लाख, हिमालयन जनरलले आठ करोड पाँच लाख नाफा कमाएका छन् । एनबी इन्स्योरेन्सले गएको वर्ष दुई करोड २० लाख नाफा कमाएकोमा यस वर्ष ६ करोड २० लाख नाफा कमाउन सफल भएको छ । इन्फोवित्तीय विवरण सार्वजनिक गर्ने बिमा कम्पनीमध्ये आठवटा जीवन बिमा कम्पनी हुन् भने बाँकी निर्जीवन बिमा कम्पनी छन् ।

Comment here

तपाईंको प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *

Related News

  • one
  • one
  • one
  • one
  • one